आर्थिकप्रदेशसमाचार

शिक्षक संगठनद्धारा आइसोलेसन निर्माणमा २ लाख ७२ हजार ५०७ रुपैंया सहयोग

सिन्धुली, ४ असोज २०७७

सिन्धुलीको कमलामाई नगरपालिका ६ शिवनगरमा निर्माणाधिन आइसोलेसन भवन निर्माणमा सहयोग जुट्ने क्रम जारी रहेको छ । आज पनि आइसोलेसन निर्माणमा आथिक सहयोग जुटेको छ ।

आइसोलेसन भवन निर्माणका लागि नेपाल रास्ट्रीय शिक्षक सङगठन सिन्धुलीले २ लाख ७२ हजार ५०७ रुपैंया सहयोग गरेको छ । सङगठनका अध्यक्ष पुरुषोत्तम पहाडीले आइसोलेस भवन निर्माण समितिका सचिव उद्धव दाहाल र कोषाध्यक्ष मेनुका तिमलसिनालाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । शिक्षकहरुबाट संकलन गरिएको रकम आइसोलेसन भवन निर्माणमा रकमको अभाव हुन नदिन शिक्षकहरुले आर्थिक सहयोग गरेका हुन् ।

यस्तै शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाले पनि आइसोलेसन भवन निर्माणमा आज आर्थिक सहयोग गरेको छ । सहकारीका अध्यक्ष कृष्णहरी घिमिरेले आइसोलेसन भवन निर्माण उपभोक्ता समितिका सचिव उद्धव दाहाल र कोषाध्यक्ष मेनुका तिमलसिनालाई२५ हजार ५५५ रुपैंयाको चेक हस्तान्तरण गर्नु भएको थियो । कमलामाई नगरपालिका ६ शिवनगरमा ५० वेडको आसोलेसन भवन निर्माण भै रहेको छ ।

Comment here