जीवन सैलीप्रदेशसमाचार

कोरोना संक्रमितको संख्या ५६ हजार ७८८

सिन्धुली, ३० भदौ २०७७

नेपालमा कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ । मंगलबार एक हजार ४५९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको चोविस घण्टामा दशहजार ३७५ वटा आरटी पीसीआर परीक्षण गरिएको थियो । जसमा एक हजार ४५९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

हालसम्म ४० हजार ६३८ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । यता थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु भएका ३७१ पुगेको छ ।

Comment here