प्रदेशसमाचार

मोटरसाईकल र साईकल ठोकिदा एकको मृत्यु, दूई घाइते

सिन्धुली, ३० भदौ २०७७

सिन्धुलीमा मोटरसाईकल र साईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।

दुर्घटनमा गम्भिर घाइते भएका सुनसरी ईटहरी घर भएका २६ बर्षिय यादव ढुङ्गानाको मृत्यु भएको हो । दुधौली नगरपालिका ७ सुगारे स्थित मदन भण्डारी राजमार्गमा भएको दुर्घटनामा गम्भिर घाइते भएका यादवलाई थप उपचारका लागि सिराहाको फुल कुमारी अस्पताल कर्जनाहा अस्पतालमा लागिएकोमा अस्पतालका डाक्टरले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतक यादव हाल लघु उद्योग बितिय संस्था दुधौली शाखाको शाखा प्रमुखको रुपमा कार्यरत रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक वारा जिल्ला निजगढ नगरपालिका ७ घर घएका २४ बर्षिय अनिल घिमिरेको आवश्यक उपचार गरि हाल प्रहरीनको नियन्त्रणमा रहनु भएको छ ।

दुर्घटनामा घाईते भएका साइकलमा सवार दुधौली नगरपालिका ७ सुगारे बस्ने बर्ष २३ को रासलाल अधिकारी घाईते भएका हुन् । उहाँको ५ वटा दाँत भाँचिएको, हात र खुट्टामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

गए राती मदन भण्डारी राजमार्गमा अन्र्तगत सिन्धुली दुधौली नगरपालिका ७ सुगारेमा मोटरसाइकल र साईकल एक आपसमा ठक्कर खाएका थिए । कटारी बाट दुधौली तर्फ आउदै गरेको लु ५८ प २६३८ अस्थाई नंबरको मोटरसाईकल र विपरित दिसा बाट आईरहेको साईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here