जीवन सैलीप्रदेशसमाचार

कोरोना संक्रमित थप १५ जनाको मृत्यु

सिन्धुली, २९ भर्दा २०७७

नेपालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १७०जना संक्रमित थपिएका छन् । वितेको चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमितसँगै हालसम्मका कुल ५५ हजार ३२९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

वितेको २४ घण्टामा ८७९ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्केका छन् । यससँगै कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ ।

Comment here