आर्थिकप्रदेशसमाचार

कमलामाईका युवाले १.८५ र २.८५ व्याजदरमा व्यवसायिक ऋण पाउने

सिन्धुली, २९ भदौ २०७७

कमलामाई नगरपालिकाका युवाहरुले अव सरल व्याजदरमा व्यवसायिक ऋण पाउने भएका छन् । महिलाहरुको लागि १ दशमलब ८५ प्रतिशत र पुरुषको लागि २ दशमलब ८५ प्रतिशतमा ऋण पाउने भएका हुन् ।

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैकं, केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौतामा आईतबार हस्ताक्षर गर्नु भएको छ ।

उक्त सम्झौता अनुसार यस नगरपालिकाका युवाहरुले व्यवसाय गर्न सरल व्यजमा ऋण पाउने भएका हुन् । अव कमलामाई नगरपालिकाका कुनै पनि युवाले सिप, क्षमता र योजना भएर पनि वेरोजगार बस्नु नपर्ने मेयर खत्रीले बताउनुभयो । अव कमलामाईका सवै वडा वडामा गएर युवाहरुसं व्यवसायिक योजनाहरु मागहरु कमलामाईले संकलन गर्नेछ । संकलन गरिएका युवाका योजनाहरु मुल्यांकनका आधारमा नगरपालिकाले बैंकलाई सिफारिस गरेपछि बैंकले युवालाई ऋण प्रवाह गर्नेछ ।

Comment here