प्रदेशसमाचार

अवरुद्ध खानेपानी सूचारु

सिन्धुली, २७ भदौ २०७७

बढि पहिरोका कारण अवरुद्ध भएको खानेपानी आजबाट सुचारु भएको छ । कमलामाई नगरपालिका ७ बासकटेरी क्षेत्रमा बाढी र पहिरोका कारण शिद्धेश्वर खानेपानीले पानी ल्याएको पाइप बगाएपछि अवरुद्ध भएको खानेपानी पुनःसूचारु भएको हो ।

गडौली खण्डको बाँसकटेरी क्षेत्रमा अवरुद्ध भएको पानी मर्मत गरी आजबाट पुनःसूचारु गरिएको संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभययो ।

‘३ सय मिटरको पहिरोले २ सय मिटर भन्दा बढीको पाईप बगाएको थियो अहिले मर्मत पछि पानी सुचारु गरेका छौ’ उहाँले भन्नुभयो । बाढि पहिरो र अभिरल बर्षामा पनि संस्थाका कार्यसमिति पदाधिकारी र संस्थाका प्राविधिकहरुले बर्षातका कारण खानेपानीका पाईप र मुहानमा पुगेको क्षती पु¥याएका स्थानमा हाल मर्मत गरिएको उहाँले जानकारी दिनुभयो ।

बढी पहिरोका कारण खानेपानी वितरणमा असर पुगेको र यथासक्य चाडो सेवा सुचारु गर्न दिन रात नभनी संस्था र प्राविधिक खटिएको उहाँको भनाई रहेको छ । सिन्धुलीको कमलामाई नगरपालिकाका केही वडाहरुमा शिद्धेश्वर खानेपानी उपभोक्त संस्थाले पानी वितरण गर्दै आएको छ ।

Comment here