बिचार

कृषि अनुदान किसानलाई कि कागजलाई

नेपाल कृषि प्रधान देश हो । यो सवैले सुनेकै र वोलेकै शव्द हो । नेपालमा कृषिमा क्रान्ति गर्नु पर्दछ, कृषिमा आधुनिकीकरण गर्नु पर्दछ भन्दै राज्यका नीतिहरु पनि बनि रहेका छन् । तर सरकारको वेवास्था र समयमा नै चासो नहुँदा किसानलाई सधै पीडा र त्रास थपिएको छ । किसानलाई उत्पादन गर्न पनि समस्या छ र बजारमा विक्रि गर्न पनि समस्या रहेको छ । अझ निर्वाहमुखी खेती गरेका किसानहरुको समस्या झन कहालि लाग्दो छ ।

समय एउटै साल फरक तर किसानका पीडा र त्रास भने हरेक बर्ष एउटै हुने गरेका छन् । देशको अवस्था र व्यवस्था पुरै फेरिएको छ । तर किसानका समस्या २० बाट १९ मा भने झरेको अवस्था पक्कै छैन् । किसानलाई विऊ विजन, मल, जनशक्ति देखि बजारका समस्या बर्षौ देखी यथावत नै रहेका छन् । परम्परागत खेती हटाएर कृषिलाई व्यवस्थित र आधुनिक बनाई मुलकमा कृषिमा क्रान्ति गर्नेछौ भनेर कुर्लनेहरुको हविगत को कुरा गर्नु वेकार छ ।

तर किसानका सवालमा राज्यले राम्रा राम्रा नीति लिएको छ । तर यस्ता कार्यक्र किसानलाई थाहा नै हुदैन् । किसानका लागि आएको कार्यक्रम कागजका आधारमा दिईन्छ । अहिले कृषि क्षेत्रलाई मनपराएर व्यवसाय गर्ने भन्दै प्रक्रिया पुरा गरेर अनुदान थाप्नेको होडबाजि रहेको छ । बास्ताविक किसानले आवश्यक कागज मिलाउन नसक्दा उनीहरुले अनुदानमा सहजता पाउन सकेका छैनन् । किसानलाई कृषि कर्म गर्न नै फुर्सद छैन उनीहरुले कागज कसरि मिलाउने समस्या रहेको छ । किसान सधै समस्यामा परेका छन् । उनीहरुलाई खेतीमा चाहिले मल, जल र जनको समस्या उस्तै छ । घरमा जन हुनेले मात्र खेतीपाति गर्ने गर्दा मुलुकमा खाद्यान्न आयात बढिरहेको छ । राज्यले कृषि क्षेत्रलाई सुधार र प्राथमिकतामा नराख्दा लाखौ युवाशक्ति विदेश पलायन हुनु परेको छ । विदेशमा दुःख पाएर आएका युवाले स्वदेशमा नै कृषि व्यवसाय गरेका युवाको पहुँच नपुग्दा उनीहरुपनि थलिएर बस्नु परेको अवस्था रहेको छ । बल्ल तल्ल दुःख कष्ट गरि कृषि बस्तु उत्पादन गरेपनि विक्रि वितरण हुदैन । बजारमा विचौलियाको विगविगि छ । नियमन निकाय कमिसनमा रमाउछन् । किसानले उत्पादन गरेका बस्तु स्थानीय बजारमा नै विक्रि हुदैन् । स्थानीय सरकारलाई आफ्नो क्षेत्रमा भएका कृषि व्यवसाय बारे नै अनविज्ञ रहेका छन् ।

किसानलाई कहिले फौजी आउछ सताउछ, कहिले सलह आउछ अत्याउछ । बादर, दुम्सि, बदेल र जंगलि जनावरले दुःख दिएपछि हरेक बर्ष खेतियोग्य जमिन जंगलमा परिणत भएका छन् । राज्य नै वेखवर छ । हिजो देखी आज सम्म हेर्दा न किसानले भने जस्तो र न सरकारले भनेजस्तो कृषि क्षेत्र रहेको छ । केही समस्या हल भए होलान् । गैर किसान मालामाल भए । तर किसानको हात पुर्पुरोमा सधै छ । तै पनि हाम्रो कृषिमा क्रान्ति गर्ने अभियान जारी छ । कृषिलाई पहिलो प्राथमिकता दिएर, मल, जल, जन, विऊ, प्रविधि, प्राविधिक दिएर बजारको ग्यारेन्टी नभएसम्म नेपालमा कृषि क्षेत्रले फड्को मार्न सक्ने अवस्था छैन् ।

 

Comment here