प्रदेशबागमतिसमाचार

सिन्धुलीमा लागु औषधको ओसार–प्रसार बढ्दो अवस्थामा

सिन्धुली, २३ भदौ २०७७

सिन्धुली जिल्लामा लागु औषधको कारोबार हरेक बर्षले बृद्धि हुदै आएको छ । पछिल्लो समयमा जिल्ला सदरमुकाम देखी ग्रामिण क्षेत्रमा समेत लागु औषधको उत्पादन, विक्रि वितरण र प्रयोग हुन थालेको छ ।

जिल्ल प्रहरी कार्यालय सिन्धुलीको  तथ्याङ्क हेर्ने हो भने पनि यस्को प्रयोगकर्ता तथा यसमा संलग्नको संख्या विस्तारै उकाले लाग्दो अवस्थामा रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जिल्लामा आर्थिक बर्ष ०७०/७१ मा एउटा मुद्धा दर्ता भएको र ३ जना पक्राउ परेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक बर्ष ०७१/०७२ मा ३ वटा मुद्धा दर्ता भयो र ६ जना, ०७२/०७३ मा ८ वटा मुद्धामा १२ जना, ०७३/०७४ मा ५ वटा मुद्धा दर्ता भयो प्रहरीले १० जना पक्राउ ग¥यो । आर्थिक बर्ष ०७४/०७५ मा १२ वटा मुद्धा दर्ता भयो भने ओसार प्रसारमा संलग्न १६ जना, ०७५/०७६ मा १४ वटा मुद्धा भए र २६ जना र ०७६-०७७ मा १३ वटा मुद्धा दर्ता भयो भने यसमा संलग्न ३१ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कले देखाएको छ ।

आर्थिक बर्ष ०७२/०७३ मा दुई जना, ०७३/०७४ मा २ जना, ०७४/०७५ मा ४ जना, ०७५/०७६ मा १ जना र ०७६/०७७ मा लागुघौषक ओसार प्रसारमा संलग्न अझै फरार रहेका छन् ।

लागु औषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम पर्दछन् । अभिभावको उचित निगरानी नहुँदा लागु औषध दुव्र्यसनीमा विपन्न वर्ग भन्दा धनाद्य घर परिवारका युवाहरुको सहभागिता बढि हुने गरेको छ ।

 

Comment here