प्रदेशराजनीतिसमाचार

सिन्धुलीमा दुई विप्लवका विद्यार्थी नेताले आत्मासर्मपण गरे

सिन्धुली, २१ भदौ २०७७

नेपाल सरकारले प्रतिबन्द लगाएको नेकपा माओवादी विप्लव समुहका दुई विद्यार्थी नेताले आत्मासर्मपण गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेर जिल्ला अध्यक्ष र उपाध्यक्षले आत्मासर्मपण गरेका हुन् ।

विप्लव समुहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सविन श्रेष्ठ र उपाध्यक्ष होमबहादुर सार्कीले आत्मासर्मपण गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । पार्टीको जिम्मेवारी छाडेर स्वतन्त्र नागरिक भएर जीवन यापन गर्ने भन्दै उहाँहरुले पार्टी परित्याग गरेका हुन् ।

जिल्ला अध्यक्ष कमलामाई नगरपालिका २ का २६ बर्षिय सविन श्रेष्ठ र उपाध्यक्ष तीनपाटन गाउँपालिका ५ का २३ बर्षिय होमबहादुर सार्कीले पार्टीको विचार र सिद्धान्त मन नपरेका कारण र सरकारले प्रतिबन्द्ध लगाएपछि छोडेको प्रक्रिया दिएका छन् । आगामी दिनमा विप्लव समुहको सम्पर्कमा नरहने र यदि सम्पर्कमा रहेका संविधन र प्रचलीत कानुन बमोजिम कारबाही सहने सविन श्रेष्ठ र होमबहादुर सार्कीले जारे गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Comment here