युवा हुन् देशका सच्चा,दरिला,भरिला जन
यिनकै शक्तिका सामु,घुम्छ राष्ट्र सनातन।१।
कोर्दछन् युवाले नौला,सिर्जना अति सुन्दर
यिनका शक्तिका सामु,नझुक्ने दुनिया छ र।२।
युवा राष्ट्रका सारथी,गतिको रथ हाक्दछन्
खोपेर पहरालाई,सम्म मैदान पार्दछन्।३।
झार्दछन् पाखुरी सीप,,पत्थर पनि पगाल्दछन्
आए सामु भने वैरी, छिन घरी लघार्दछन्।४।
देशप्रेमका पाइला,युवाले नै पर्गेल्दछन्
छलछामको साम्नेमा,वैरीलाई पछार्दछन्।५।
बल,बैंसले,उन्मत्त,भई निदाउनु हुन्नँ नि
प्रणय प्रेमको अन्धो,बनी भुलिनु हुन्नँ नि।६।
युवा शक्ति निदाएमा,राष्त्रले दुस्ख पाउँछ
पूरा मानवको गति, तुवाँलो बनी छाउँछ।७।
युवाको भुलमा राष्ट्र ,हुँदै हुन्नँ अखण्ड जो
नदीको मूल सुकेझैं,हुन्छ,खण्ड,विखण्ड त्यो।८।
राष्ट्रको जिम्मेवारीमा,बढ्नु पर्दछ दृढ भै
सिन्धुको साम्नेमा हाँस्ने,दृढ अग्लो हिमाल झैं।९।
सक्नुपर्दछ पाखुरी,माटोकै निम्ति खर्चन
लगाई,जुक्ति औ बुद्धि,गर्नुछ ज्ञान आर्जन।१०।
जस्तै तुफान आँधीमा,झुक्नु हुन्नँ कसै गरि
जुट्नु पर्दछ राष्ट्रकै,मुहार फेर्न खातिर।११।
कहिल्यै जोशमा होस,खेर फालनु हुन्नँ नि
बूढाको नेतृत्वभित्र,सङ्गठित हुनु पर्छ नि।१२।
एकान्त वस्ती, कनपा, ६ सिन्धुली
Comment here