आर्थिकप्रदेशसमाचार

मरिण गाउँपालिका र कर्मचारीले गरे आर्थिक सहयोग

सिन्धुली, २० भदौ २०७७

सिन्धुलीको कमलामाई नगरपालिका ६ शिवनगरमा बन्दै गरेको आइसोलेशन भवन निर्माणका लागि मरिण गाउँपालिका र मरिण गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् ।

कोरोना भाईरस संक्रमितको उपचार गर्नका लागि निर्माण कार्य जारी रहेको उक्त भवनमा आर्थिक अभाव हुन नदिन सहयोग गरेका हुन् ।

मरिण गाउँपालिकाले आइसोलेसन भवन निर्माणका लागि ५ लाख ५० हजार रुपैंया सहयोग गरेको छ । यस्तै गाउँपालिकाका कर्मचारीहरुले आइसोलेसन भवन निर्माणका लागि १ लाख १३ हजार ७१७ रुपैयाँ सहयोग गरेको गाउँपालिकाका नासु सुदिप केसिले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष पानीराज बम्जनले आज आइसोलेसन भवन निर्माण समितिलाई सहयोग रकम हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।

Comment here