प्रदेशसमाचार

सुनकोशी नदीमा महिलाको शव फेला

सिन्धुली, १८ भदौ २०७७
सुनकोशी नदी किनारमा आज एक महिलाको शव फेला परेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङसाङबेसी र वडा न ५ सोल्पाठानाको सिमाना सुनकोसी नदिको किनारमा महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले अन्दाजि ३०–३५ बर्षिया महिलाको शव फेला परेको जानकानरी दिनुभयो ।

शवको अवस्था हेदा नदीले वगाई जितु खोलाको दोभानमा सुनकोसीले वगाई नदि किनारमा उतारेको हुन सक्ने बताउनुभयो । घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय खुर्कोटको टोली गएको र थप विवरण खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

 

Comment here