नेपालमा कोरोना भुत,आयो रे त सरकार
लकडाउनले जनतालाई,खायो रे त सरकार
उता टेन्डर बैठक गोष्ठी,लन्च डिनर भोज
एसपालिको धानले धोती,लायो रे त सरकार
युरिया मल चाहिने बेला,डिएपिको रास
किसानले रुन्चे गाना,गायो रे त सरकार
तस्करी र कालाबजार,मौलाउँदै जाँदा
चर्को मूल्य हाल्दा मल,पायो रे त सरकार
किसानको खेतवारीमा,मल बीउ अभाव हुँदा
कमिसनको चक्कर लाग्दै,धायो रे त सरकार
Comment here