समाचार

बहिरा बिद्यालयलाई भान्छा घर र डाइनिङ्ग हल हस्तान्तरण

सिन्धुली, १७ भदौ २०७७

सिन्धुलीको कामलामाई नगरपालिका ६ स्थित नवज्योती बहिरा माध्यामिक बिद्यालयको भान्छा घर र डाइनिङ्ग हल आज हस्तान्तरण गरिएको छ । नेपाली सेनाको नागरिक शैनिक सहयोग कार्यक्रम अन्र्तगत निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको हो ।

बर्दबहादुर गणका तत्काली गणपति राजिव थापाको समन्वयमा निर्माण सुभारम्भ भएको भान्छा घर तथा डाइनिङ्ग हल बिद्यालयमा आज एक कार्यक्रमका बिच सिन्धुलीमा रहेका नेपाली सेनाको ९ नम्बर बाहिनीपति सहायक रथी धुव्रप्रकाश शाह र कामलामाई नगरपालिका नगरप्रमुख खड्गबहादुर खत्रीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा ९ नम्बर बाहिनीपतिले विद्यालयका प्रधानाध्यापक बिजय तामाङलाई हस्तान्तरण पत्र प्रदान गर्नुभयो । सोही अवसरमा बाहिनीपती शाहले नेपाली सेना सधै जनाताको सेवाको लागि नागरिक सँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

जिम्मेवारी लिएर भान्छा घर तथा डाइनिङ्ग हलको निमार्ण कार्य समयमा नै सम्पन्न गरेको भन्दै बर्द बहादुर गणका गणपती बिजय थापाबाट निर्माण कार्य सम्पन्न गर्ने जिल्ला समन्वय समितीका सदस्य चित्र बहादुर बुढाथोकीलाई बर्द बहादुर गणको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो ।

त्यसैगरी नेपाली सेनाले फरक क्षमता भएका बिहरा बालबालीका अध्यन गर्ने बिद्यालयको समग्र बिकासमा अतुलनीय योग्दान पु¥याएको भन्दै, बिद्यालयका तर्फबाट बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष बिश्वम्भर लामिछानेले बर्द बहादुर गणका गणपति बिजय थापा लाई प्रशंशापत्र प्रर्दान गर्नुभएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ऋषीकेश सिटौला, जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देल, कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्जवल कुमार थापा ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वम्भर लामिछाने र विद्यालयका संस्थापक नारायण बराको सरभागिता रहेको थियो ।

Comment here