प्रदेशबागमतिराजनीतिसमाचार

शिक्षक अपहरण गर्ने विप्लवका थप ७ कार्यकर्ता पक्राउ

सिन्धुली, १६ भदौ २०७७

सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द नेतृत्को नेकपा माओवादीका थप ७ जना कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ । शिक्षकलाई अपहरण गर्ने मध्येका थप ७ जना विप्लव समुका कार्यकतालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उरीक्षक श्यामबहादुर खत्रीका अनुसार विप्लवका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा ३० बर्षिय रञ्जन भनिने लोकबहादुर तामाङ्, ४९ बर्षिय रुद्रबहादुर राउत, १९ बर्षिय सुन्दर भनिने सुशान्त राई, १९ बर्षिय डिकपल भनिने विवेक थापा, २५ बर्षिय कल्याण भनिने दलबहादुर खत्री, २१ बर्षिय परिवर्तन भनिने धनबहादुर श्रेष्ठ, २४ बर्षिय चट्टान भनिने पूर्ण शेर्पा रहेका छन् ।

उनीहरुलाई तीनपाटन गाउँपालिकाको लायगाउँ स्थित चौतार भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शिक्षक अपहरण गरेको दिन भदौ १३ गते दिउँसो २० बर्षिया शीखा भनिने प्रतिमा परियारलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनुभयो । उनको साथबाट दुईवटा सकेट बम र एउटा सुतली बम समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

थप पक्राउ परेका ७ जना विप्लव समुहका कार्यकर्ताको साथबाट वम बनाउन प्रयोग गरिने मेटल सकेट ८ थान, सुतली वम ४ थान, आर्थिक सहयोग माग्ने लेटर प्याड, झोला, डायरि बरामद गरेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनुभयो । उहाँले घटनामा संलग्न अन्यको फरार रहेकाहरुको पनि खोजी कार्य जारी रहेको बताउनुभयो । पक्राउ गरिएका ७ जनालाई जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरि अनुसन्धन भै रहेको उहाँले जानकारी दिनुभयो ।

भदौ १३ गते तीनपाटन गाउँपालिका ८ तिल्पुङ्गडाडाँ स्थित भिमसेन निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई विद्यार्थीलाई छात्रबृति वितरण गर्दै गरेको अवस्थामा विहान ९ः३० बजे अपहरण गरि लगेका थिए । अपहरणमा पर्नु भएका शिक्षकलाई खोजि गर्ने कार्यमा स्थानीय अन्दाजी १५० जना स्थानीय र प्रहरीले खोजी गर्दा अपहरणकारले शिक्षकलाई लायगाउँमा दिउँसो १ बजे छाडि फरार भएका थिए । प्रधानाध्यापकको खोजी कार्यमा पिछा गरि रिहा गराउने कार्यमा एकताबद्ध हुने सवै स्थानीयमा प्रहरीले धन्यवाद दिएको छ । प्रहरी नायव उपरिक्षक खत्रीले स्थानीयको साथ र सहयोगले शिक्षकलाई अपहरण गरेको केही घण्टामा नै रिहा गर्न सफल भएको भन्दै प्रहरीले स्थानीयलाई धन्यवाद दिएको जानकारी दिनुभयो ।

Comment here