समाचार

आयुर्वेद सिन्धुलीका कर्मचारीले कोरोनालाई जिते, कर्मचारी संगठनद्वारा बधाई एवं स्वागत

सिन्धुली, १५ भदौ २०७७
निजामती कर्मचारी संगठन सिन्धुली कोरोना जितेका ५ जनालाई बधाई एवं स्वागत गरेको छ । आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमा कार्यरत ५ जना स्वास्थ्यकर्मि÷कर्मचारी कारोनालाई जिते पछि संगठनले स्वागत गरेको हो ।
उनीहरुलाई साउनको अन्तिम हप्ता पीसीआर टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि कनपा-७,बुद्दचोक स्थित गढीदरबार होटलमा आईसोलेसनमा बस्दै आएका कर्मचारीलाई करीब दुईहप्ता पश्चात पुनःपीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
आज आयुर्वेदका कर्मचारी लाई बधाई ज्ञापन एवं सामान्य जनजीवन यापनका लागि स्वागत गर्न नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरूषोत्तम दाहालको नेतृत्वमा अगुवा संगठक हरूको टोलि कनपा(७,स्थित गढीदरवार होटल पुगेको थियो ।
कोरोना कहरका बीच आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीमा कार्यरत ४ जना कर्मचारीले कोरोनामाथि बिजय हासिल गरेपछि खुशी साटासाट गर्न उपस्थित भएका संगठनका के।स।फणिन्द्र ढुंगेल,सिबिए सिन्धुली अध्यक्ष तीलक कार्की,सल्लाहकार दुर्गा काफ्ले,कर्मचारी संगठन सिन्धुलीका सचिब पदम मगर,कोषाध्यक्ष डिल्ली सौगात घिमिरे,सदस्यहरू प्रभुनाथ प्याकुरेल,सुजन सुबेदि,युवराज परियार,राष्ट्रसेवक साकोसका शिक्षा उपसमिति सदस्य लोकमणि तिमल्सिना लगायत सबैप्रति अध्यक्ष पुरूषोत्तम दाहालले धन्यबाद ज्ञापन गर्दै कर्मचारीको सुख्ख र दुखमा संगठनले साथ दिनेमा बिश्वस्त हुन आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले कोरोना पोजेटिभ देखियो भने अत्तालिएर हैन संयमित भएर,त्रसित र चिन्तित भएर हैन ऊच्च मनोबलका साथ रिल्याक्स् ले यसलाई पराजित गर्न सकिन्छ भन्ने पुष्टी आयुर्वेदका कर्मचारी मित्रहरूले गर्नुभएको बताउनुभयो । बिना लक्षण जथाभावि एऋच् त्भकत नगर्न जिल्ला स्थित सबै कर्मचारीहरूलाई अध्यक्ष दाहालले आग्रह गर्नु भएको छ ।

Comment here