प्रदेशबिचार

म सञ्चै छु, तर मेरो समाज विरामी छ

देश यतिवेला कोरोना भाइरस (कभिड–१९) संगको लडाइमा छ । कोरोनालाई जित्न सवै नेपालीहरु एक हुन आवश्कता छ । देश कोरोनाको महामारीको चपेटामा रहेको छ । महामारिका कारण हाल २२१ जना नेपालीले ज्यान गुमाउनु परेको छ । दिन प्रतिदिन सय, हुदै एकै दिन हजार भन्दा बढी व्यक्तिहरु यसबाट संक्रमण भई रहनु भएको छ । संक्रमित भएकाहरुमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सरकारले कोरोनाको संक्रमण हुन नदिन भन्दै देशलाई लकडाउन गरेको थियो । अहिले पनि स्थानीय सरकारले आफ्ना नागरिकमा कोरोनाको संक्रमण हुन नदिन भन्दै लकडाउन गरेका छन् ।

देशमा संकट आईपर्छ, तब सबै कुरा पछाडि राखेर मानवता देखाउनु पर्दछ । तर पछिल्लो समयका नेपाली समाजमा कोरोनाका कारण मानवताको खडेरी नै परेको देखिन्छ । २०७२ सालको भुकम्पले केही सिकाएको मानवता अहिलेको कोरोनाले लछारपछार पार्न खोजि रहेछ । कोरोना संक्रमितलाई हेर्ने र उहाँहरुलाई यो समाजले गर्ने व्यवहार हेर्दा लाग्ने गर्दछ आधुनिक युगमा मानवता अन्तै कतै पलायन हुन खोजि रहेको छ । मानवता भन्नाले मान्छेमा हुनुपर्ने मानवोचित गुण अर्थात समानता, स्वतन्त्रता र भातृत्वप्रेम भन्ने बुझिन्छ । तर आजको मान्छेको कतिपय व्यवहारलाई नियाल्दा मानवता हराएको वा पातलिंदै गएको मलाई आभास हुन्छ ।

पछिल्लो समयमा जनताको सुरक्षार्थ खटिनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमा समेत संक्रमण बढ्दै गएको छ । हामीले संयमित र जनस्वास्थ्यका मापदण्डको पालना नगर्ने र स्वास्थ्य कर्मी तथा सुरक्षाकर्मीहरुमा संक्रमण बढ्दै जाने हो भने तपाई हामीले सोचेको भन्दा फरक परिस्थितीको सामना गर्नु पर्ने दिन आउन सक्ला । तर त्यसो नहोस । किनकी नेपाललाई कोरोना मुक्त बनाउने हाम्रो अभियान होम क्वारेन्टाइनबाटै जारी छ । समाजमा धेरै किसिमका व्यक्तिहरु हुनुहुन्छ । त्यसैले त पृथ्वीनारायण शाहले उद्घोष गरेको जस्तै ‘चार वर्ण छत्तिस जातको साझा फूलबारी’ हो हाम्रो नेपाल । यही फूलबारी जहाँ विभिन्न व्यक्ति मिलेर समाज निर्माण भएको छ । आफ्नो योग्यता क्षमताका आधारमा विभिन्न पेसा व्यवसाय गर्दै समाजमा बसोबास गर्दै आएका छौ । हाम्रो घरपरिवार र समाजमा परेका समस्याहरु समाधान गर्न, एकले अर्कालाई अप्ठेरो पर्दा साथ सहयोग गर्नु हाम्रो प्रमुख कर्तव्य ठान्दै आएका थियांै । अर्म–पर्म, अ‍ैंचो–पैंचो, सर–सापटी यस्ता हामिले गर्दै आएको व्यवहार हो । समाजमा कसैलाई समस्या पर्दा सवै एक जुट हुने समाज आज कोरोनाका कारण टुक्रा–टुक्रा हुन खोजि रहेको छ । कोरोनाको महामारिले गर्दा यस्ता केही व्यवहारमा आँच पुगेको छ । समुहमा बसेर छलफल गर्ने, सामुहिक रुपमा कार्य गर्ने जस्ता कामहरु कोरोनाका कारण हट्दै गएको छ । किनकी यो हाम्रै जीवन रक्षाको लागि हो । हाम्रो मिलेर बसेको समुदायलाई यस कोरोना भाईरसले छेत विछेत बनाउने त हैन ? भन्ने जिज्ञासा सदैव उठ्ने गर्दछ । हामी सामाजिक प्राणी, चेतनशिल प्राणि भनेर आफैलाई आफैले बयान गर्ने गर्दछौ । तर पछिल्लो समयमा मेरो समाजमा मनावता हराउदै गएको आभास हुन थालेको छ । केही दिन अगाडिको राजधानी काठमाडौंस्थित बानेश्वरको एक होस्टलमा क्वारेन्टिनमा बसेका चिकित्सकमाथि ‘स्थानीयको नाममा एक हुल भीडले विरोध गरेको खबर प्रकाशमा आयो । वास्तवमा, त्यो व्यवहार अमानवियताको पराकाष्ट थियो । जो, आफ्नो जिउज्यानको बाजी लगाएर कोरोनासंग लडाई लड्दा लड्दै तिनै संक्रमितबाट आफु संक्रमित बन्नु प¥यो । विरामीको सेवामा अझ कोरोना संक्रमितको सेवामा दिनरात नभनी खटिएका स्वास्थ्यकर्मीललाई सम्मान र उहाँहरुको कामको प्रशंसा गर्नु पर्ने वेला उल्टै उहाँहरुलाई लखेट्न खालका प्रयास गरियो । स्वास्थ्यकर्मी माथि भएको यस्तो व्यवहारले समाजको मनोविज्ञान र २१ औं शताब्दीमा हामी कतातिर जाँदै छौं भन्ने प्रष्ट हुन्छ । कोरोनाको संक्रमण हुन भनेको ठुलो अपराध गरेको जस्तो हुन थालेको छ । यही समाजमा विभिन्न अपराध गर्नेहरु खुलेआम छाति ठोकेर हिड्न सक्छन् । तर कोरोना संक्रमित आफ्नै घरमा सुरक्षित तवरले आफ्ना कारण अरुमा कोरोना संक्रमण नहोस भनेर ढुक्कसंग बस्न सक्ने अवस्था समाजले सिर्जना गर्न सकेको छैन । यि देख्दा लाग्छ मेरो समाज आज विरामी परेको छ । मेरो समाजमा मानवता हराउदै जाँदा हामी पनि मानव हौ र भन्ने कोरोना संक्रमितलाई हेलाको दृष्टिले हेर्नेहरु यहि समाजका व्यक्ति हुन् । तर कोरोना संक्रमितहरु कोरोना भाइरस हटाउनका लागि एक संजिवनि बुटि सहर हुन सक्नु हुन्छ । किनकि उहाँहरु यस कोरोनासंगको लडाईमा जितेर फर्किदा केही ज्ञान र यसबाट बच्न उहाँहरुसंग समाजले पाठ सिक्नु पर्दछ । म घरमा नै बसेको छु, म र मेरो परिवारका सदस्यहरु निरोगि हुनुहन्छ, उहाँहरुमा दीर्घ रोग कुनै छैन, उहाँहरुमा रोग प्रतिरोधात्मक क्षमता बढि छ त्यसैले कोरोना लाग्दै भन्ने गलत मानसिकताका कारण आज कोरोना संक्रमित व्यक्तिहरुलाई नराम्रो दृष्टिले हेर्ने र व्यवहार गर्ने पाएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कोरोना भाइरससंग लडाई लडेर तिनै समाजका व्यक्तिलाई बचाउन लागि परि रहनु भएको छ । तर मेरो समाज आज तिनै स्वास्थ्यकर्मी विरुद्धको लडाईमा होमिएको छ । हिजो घरभाडामा बस्नेलाई बस्न दिएनौ, आज कोरोनाको संक्रमण पुष्टि भएपछि हुलका हुल मानिस गएर उहाँहरुको विरुद्धमा लग्यो । यस्ता क्रियाकलापमा सामेल हुनेलाई भोली तपाईलाईलाई कोरोना लाग्दैन भन्ने के ग्यारेीनट छ ?

कोरोनाको संक्रमण दिन–दिनै बढ्दै जाँदा लाग्छ हामी यसबाट कोहि पनि अछुतो हुने छैनौ । अग्रजले भन्ने गर्नुहुन्छ, ‘भाग्यमानि अरुलाई परेको देखेपछि थाहापाउछ, अभागि आफैलाई परेपछि थाहा पाउँछ ।’ मलाई लाग्दछ कि हामी सवै नेपाली भाग्मानी छौ । स्वर्गको एक टुक्रा देश नेपालमा हाम्रो जन्म भएको छ । वीर बहादुरका सन्तान हामी पक्कै कोरोनासंगको लडाईमा हामिले जित्ने छो । मेरो समाज मैले माथि उल्लेख गरो जस्तै पक्कै हुनेछैन । कि म मानवता हारउदै गएको समाजको कल्पना पनि गर्न सक्दिन । म यहि समाजमा हुर्केको मान्छे । हाम्रो सामाजिक सद्भाव बलियो छ । यो कोरोनाको संक्रमणका बेलामा हामीले हाम्रो सदभावलाई खलबलाउन पक्कै दिने छैनौ ।
पुस्तौ देखी चल्दै आएको घरपरिवार र समाजमा आवश्यक पर्ने आवश्यकतामा एकले अर्काको खाँचो टार्ने र अ‍ैंचो र पैँचोको माध्यमबाट पूरा गर्ने, एकले अर्कोलाई अप्ठ्यारो पर्दा सहयोग गर्दै हाम्रो एक आपसमा रहेको सुमधुर सम्बन्ध भोलिका दिनमा पनि बिलयो नै हुनेछ । कोरोना नियन्त्रणमा सरकार मात्र हैन हामी पनि चुकि रहेका छौ । एउटा मास्क लगाउन अटेर गर्दा मास्क लगाउन सडकमा प्रहरी खटाउनु परेको छ । मैले एउटा औंलाले सरकारको कमजोरी गर्दा बाँकी अरु तीन औंलाले आफुलाई पनि देखाई रहेको छ । यसबेला डाक्टर र नर्सले दिई रहेको स्वास्थ्य सेवा प्रति समुदायको धारण सकरात्मक बनाउन आवश्यक छ । स्वासथ्यकर्मी माथि हुने छिटफुट दुव्र्यवहारको एउटा कारण विरामीले अस्पतालमा मर्यादित व्यवहार नपाउनु र अस्पताल पुग्दा तत्कालै उपचार नपाउनु पनि हो । तर एक÷दुई स्वास्थ्यकर्मीले गरेका यस्ता गलत व्यवहारको मार अरु स्वास्थ्य कर्मीले पनि व्यहोर्नु परेको छ । जो आफु र आफ्ना परिवारको स्वास्थ्य नै दाउमा राखेर संक्रमितको उपचारमा खटि रहेका छन् । तर यस कोरोनाको महामारिका बेला समुदायले सकरात्मक व्यवहार गर्न आवश्यकता छ । आफ्नो जीउ ज्यान नै हत्केलामा राखेर कोरोना संक्रमितको जीवन रक्षाको लागि लागि परि रहनु भएको छ । यस अवस्थामा उहाँहरु सम्मानका हकदार हुनु हुन्छ । उहाँहरुको सम्मानमा समाजका अगुवाहरुले एउटा जागरण गराउन अवस्यक छ । संक्रमितलाई मनोवल घटाउने हैन मनोवल बढाउन समाजका अगुवा लाग्नु पर्दछ । डक्टर र नर्सैले काम गर्दा समुदायले संक्रमितको उपचार गर्दा समुदायले बुझेन भन्ने भोली हाम्रै जीवन रक्षामा नकरात्मक असर पर्न सक्दछ । तयसैले नागरिक अगुवाहरुले डक्टर र नर्सको भावना उच्च बनाउनु पर्दछ । संसारभरका मानिसहरु डाक्टर र नर्सले दिएको सेवा प्रति नतमस्तक बनेका छन् ।

प्रप्त जानकारीका अनुसार कोरोनाको हाल सम्म उपचार र औषधि भने पत्ता लागि सकेको भने छैन । यस कोरोनाको महामारिमा संक्रमितको उपचार गर्दा नेपालमा पनि सयौं डक्टर नर्सैहरु आफै कोरोना संक्रमित भै सकेका छन् । नेपालमा मात्र हैन कोरोना संक्रमितको उपचार गर्दा विश्वका सयौं डाक्टर नर्सले आफ्नो ज्यान नै दिनु परेको छ । डाक्टर र नर्स विरामीको उपचारमा व्यस्थ रहेकाले आज तपाई र म स्वस्थ छौ । डाक्टर र नर्सलाई नेपाली समाजले भगवानको रुपमा लिने गरेको छ । तपाई हामीले देखाउने आदरले स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरुको परिवारलाई भरोसा दिई रहेको हुन्छ । कोरोनाको संक्रमण दिन दिनै फैलदो अवस्थामा रहेको छ । यस अवस्थामा मेरो समाज सकरात्मक सोचका साथ पक्कै अघि बढ्ने छ । कोरोनासंगको लडाइमा जित निकाल्न सरकार र जनता एक भएर लाग्नु पर्दछ । नबीन अधिकारी/सिन्धुली

Comment here