प्रदेशशिक्षासमाचार

शिक्षक कुटेनेलाई कारबाही गर्न संगठनको माग

सिन्धुली, १४ भदौ २०७७

नेपाल राष्ट्रिय शिक्षक संगठन सुनकोशी गाउँपालिका सिन्धुलीले शिक्षक कुट्नेलाई कारबाही गर्न माग गरेको छ । आज सुनकोशी गाउँपालिका ७ झुवामा रहेको गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई विद्यार्थीले कुटपिट गरेको घटनाको घोर भत्र्सना गर्दै दोषिलाई कारबाहीको माग गरेको हो ।

संगठनका अध्यक्ष तुलसी प्रसाद प्याकुरेल र सचिव हरिप्रसाद घिमिरेले जारि गरेको प्रेस बक्तव्यमा केही विद्यार्थी र अभिभावकबाट शिक्षक माथि विद्यालय भित्रै सांघातिक हमला र कुटपिट भएको प्रति संगठनले घोर भत्र्सना गर्दछ उल्लेख गरिएको छ ।

साथै संगठनले उक्त घटनाको सत्य तथ्य छानविन गरि दोषीमाथि कारबाही गर्न माग गर्दै घाइते शिक्षकहरुको स्वास्थ्य लाभको कामना गरिएको छ ।

Comment here