प्रदेशशिक्षासमाचार

एसईईमा कम नम्बर दिएको भन्दै विद्यार्थीले शिक्षक कुटे

सिन्धुली, १४ भदौ २०७७

सिन्धुलीको सुनकोशी गाउँपालिका–७ मझुवामा रहेको गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई विद्यार्थीले कुटपिट गरेका छन् । शिक्षकले एसईई रिजल्टमा कम नम्बर दिएको भन्दै कुटपिट गरेका हुन् ।

शिक्षकले कम नम्बर दिदा एसइइमा सि आएको भन्दै विलर्थीले कुटपिट गरेको प्रधानाध्यापक सुनुवारले बताउनुभयो । आफुहरुले विद्यार्थीले नियम अनुसार पाउने नम्बर दिएको भएपनि नौ जना विद्यार्थीले विद्यालयमा प्रबेश गरि हामीलाई लछारपछार गर्दै कुटपिट गरेको उहाँको भनाई छ । कुटपिट पछि मुख तथा शरिरमा चोट लागेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार गरि अहिले सिन्धुली आएको उहाँको भनाई रहेको छ ।

विद्यालयमा आएका विद्यार्थीले विद्यालयको ल्यपटप लगाएत अन्य भौतिक सम्पत्तिमा समेत क्षति पु¥याएको उहाँको भनाई रहेको छ ।
यता विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि विद्यालयका शिक्षकहरुको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् । दोषिलाई कारबाही नभए सम्म विद्यालयको पठनपाठन र अन्य कामहरु बन्द गपिरएको शिक्षकहरुले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Comment here