जीवन सैलीप्रदेशसमाचार

थप १४ जनाको मृत्यु, १ एक हजार २२१ सङ्क्रमित

सिन्धुली, १४ भदौ २०७७

नेपालमा एकै दिन हाल सम्म कै सवै भन्दा धेरै १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । वितेको २४ घण्टाको समयमा १४ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरूषको कोरोना भाइरसका कारण मृत्यु भएको हो । नेपालमा यस भाईरसक कारण मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

यस्तै वितेको २४ घण्टामा नेपालमा १२२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४८ महिला र ८७३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३८ हजार ५६१ पुगेको जनाइएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १७५१८ हजार रहेका छन् । होम आइसोलेसनमा छहजार नौसय र संस्थागत आइसोलेसनमा दशहजार ६१२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा २६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ८२२ पुगेको छ ।

Comment here