जीवन सैलीप्रदेशसमाचार

सायना प्रेस कार्यक्रम प्रभावकरी, निरन्तरताका लागि जोड

सिन्धुली, १४ भदौ २०७७

सिन्धुलीको कमलामाई नगरपालिकाकामा परिवार नियोजनको अस्थायि साधन सायना प्रेस कार्यक्रम प्रभावकारी भएको पाईएको छ । यहाँ सुरु भएको एक बर्षको अवधिमा हाल सम्म यस सायना प्रेलाई धेरैले रुचाएको पाईएको हो ।

सायना प्रेस एक प्रकारको परिवार नियोजनको साधान हो । यसको प्रयोगकर्ता भनेको महिलाहरु नै हुन् ।विश्वका ४३ भन्दा बढी देशहरुले यसको प्रयोग गर्दै आई रहेका छन् ।

नेपालमा महिलाहरुले प्रगोग गमहिलाहरुले प्रयोग गर्ने उक्त साधन, डिएफआइडिको आर्थिक सहयोग, आइपास नेपालको प्राविधिक सहयोगमा जिल्लाको कमलामाई नगरपालिका र मरिण गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन हुदै आएको छ ।

नेपाल सरकारबाट स्वीकृत भई तोकिएका स्वास्थ्य संस्था मार्फत स्वासथ्य सेवा प्रदायकहरुबाट सेवा प्रदान भै रहेको छ । उक्त सायना प्रेस प्रयोगकर्ताहरुले हाल सम्म धेरै रुचाएको पाईएको कार्यत्रम तथा अनुसन्धान अधिकृत अमुल श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षता तथा कमलामाई नगरपालिकाका अन्य कर्मचारीहरुसंग सायना प्रेस कार्यक्रमको अनुसन्धन पश्चात आएको प्रारम्भिक तथ्याङ्कका बारेमा परियोजना अधिकृत श्रेष्ठले जानकारी गराउनु भएको छ ।

उहाँले कमलामाई नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा सेवा प्रदायकबाट सेवा प्रदान गरि रहेको जानकारी दिनुभयो । यस सायना प्रेस स्वयम प्रयोगकर्ता आफैले लगाउन सक्ने गरि बनाईएको परियोजना अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । तर यसलाई नेपाल सरकारले सेवा प्रदायक मार्फत मात्र सेवा दिनु पर्ने भएकाले हामीले स्वास्थ्य सेवा प्रदायकबाट मात्र सेवा प्रदान गरि रहेको छौ उहाँले भन्नुभयो ।

दुखाई कम हुने, साइड इफेक्ट नगर्ने र कम एमजिको (१०४ जिएमपिए) हुँदा प्रयोगकर्ताहरुले आफुहरुले प्रयोग गरेको बताएको उहाँको भनाई छ । साथीहरुले लगाएको सुनेको भरमा १४६ जनाले यस सायना प्रेस प्रयोग गरेको, दुखाई कम हुने भएकाले ७६२ जनाले प्रयोग गरेको जवाफ दिएको उहाँको भनाई छ । अध्ययनका क्रममा प्रयोगकतामध्ये १८६ जनाले आफैले लगाउन सक्ने र ३९८ जनाले आफैले लगाउन नसक्ने जवाफ दिएका छन् ।

सायना प्रेसको प्रयोगमा दोस्रो पटक निरन्तरता दर ७८ प्रतिशत र तेस्रो पट ५२ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । कोरोनाको महामारिका कारण लकडाउन भएपछि यसको प्रतिशत दोस्रोपटकमा केही कमी आएको र लकडाउन हटेसंगै पुनः प्रयोगकर्ताहरु बढ्न थालेको उहाँको भनाई रहेको छ ।

यसको निडिल छोटो हुँदा कम दुखाई हुने, आफैले तिघ्रा, पाखुरा र पेटमा लगाउन सकिने हुँदा स्वास्थ्य संस्था सम्म जानु पर्ने झण्झटबाट मुक्त हुने हुँदा कोरोना लगाएतका अन्य महामारिमा पनि यो प्रभावकारी हुन सक्ने सेवा प्रदायकहरुले बताएका छन् ।

यसैविच हाल प्रयोगकर्ताहरुले सायना प्रेस लगाउने धेरै महिलाहरुले रुचाएको पाईएकाले कमलामाई नगरपालिकाका सवै वडामा विस्तार गर्दै महिलाहरुलाई लाभान्वित गराउने कामलामाई नगरपालिकाले निर्णय गरेको छ ।

मेयर खड्गबहादुर खत्रीले हालको अध्ययन प्रतिबेदनले यो सायना प्रेस भन्ने परिवार नियोजनाको साधन प्रभावकारि भएको बताएकाले यसको कमलामाई नगरपालिकाले आवश्यक अनुगमन गर्ने बताउनुभयो । स्वास्थ्य शाखाका कर्मचारीहरुले आवश्यक अध्ययन गर्ने र यसको सेवा विस्तार गर्ने पक्षमा कमलामाई सकरात्मक भएको उहाँले बताउनुभयो ।

सायना प्रेस औषधिलाई निरन्तरता दिन समयमा नै सम्बन्धित संस्थासंग समन्वय गर्ने र यस सायना प्रेस कार्यक्रम विस्तारका लागि आवश्यक सहयोग कमलामाई नगरपालिकाले गर्ने मेयर खत्रीले बताउनुभयो । साथै आइपास नेपालले पनि औषधिको पैठारि र निरन्तरताको लागि सम्बन्धित निकायलाई ताकेता गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

उपमेयर मञ्जु देवकोटाले अन्य परिवार नियोजनका साधनमा हुने औषधिको मात्रा भन्दा यसमा कम हुने, दुखाई कम हुने र आफैले पनि लगाउन सकिने हुँदा यो प्रभावकारी भएको बताउनुभयो । महिलाहरुलाई आफैले लगाउन सक्ने र यसको प्रयोग मिति सकिए नसकिएको बारे जान्न सक्ने ज्ञान दिन सकिए यो प्रभावकारी हुने बताउनुभयो । यस्ता कार्यक्रमलाई अन्य स्थानमा पनि विस्तार गर्नु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाल, वडा नंं ६ का वडा अध्यक्ष उज्वल थापा, स्वास्थ्य शाखाका संयोजक सुरेश पासवान लगाएतको सहभागिता रहेको थियो । सहभागिहरुले सायना प्रेस कमलामाईमा प्रभावकारी भएको देखिदै आएकाले यसलाई आगामि दिनमा विस्तार गर्नका लागि आइपास नेपाललाई आग्रह गरेका थिए ।

आइपास नेपाल सिन्धुलीका अनुसन्धान कार्यक्रम अधिकृत अमुल श्रेष्ठका अनुसार ्र सायना प्रेस कार्यक्रम सञ्चालन भै रहेको कमलामाई नगरपालिकाको भिमान स्वास्थ्य चौकी, रानीचुरी स्वास्थ्य चौकी, संस्थागत क्लिनिक, शिद्धेश्वर स्वास्थ्य चौकी, भद्रकाली स्वास्थ्य चौकी, मरिण गाउँपालिकाको कपिलाकोट प्राथामिक स्वास्थ्य केन्द्र, महादेवस्थान स्वास्थ्य चौकीबाट आइपास नेपालले उक्त सेवा प्रदान गरि रहेको छ ।

Comment here