प्रदेशराजनीतिशिक्षासमाचार

शिक्षकलाई नियन्त्रणमा लिने विप्लवका कार्यकर्ता पक्राउ

सिन्धुली, १३ भदौ २०७७

सिन्धुलीमा आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएका शिक्षक अपहरण मुक्त हुनु भएको छ । तीनपाटन गाउँपालिका ८ तिल्पुङ्ग डाडाबाट विप्लव समुहको नियन्त्रणमा पर्नु भएका शिक्षक साढे चार घण्टा पछि प्रहरीको प्रयासमा विप्लव समुहको नियन्त्रणबाट छुट्नु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार भिमसेन आधारभूत विधालयका प्रध्यानध्यापक नारायण प्रसाद भण्डारी विप्लवका कार्यकर्ताबाट नियन्त्रण मुक्त हुनु भएको हो । विद्यालयमा विद्यार्थीलाई छात्रबृति वितरण गर्दै गरेको अवस्थामा विप्लवका कार्यकर्ताहरुको एक समुहले विहान ९ः३० बजे उहाँलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनुभयो ।
प्रहरीलाई विहान ११ बजे मात्र जानकारी आएको र जानकारी हुना साथ प्रहरीले खोजी गर्दा दिउँसो १ वजे तिनपाटन गाउँपालिकाको लायोगाउँबाट शिक्षकलालाई विप्लवको कार्यकर्ताबाट नियन्त्रणमुक्र गराएको हो । प्रहरी र स्थानीयले शिक्षको खोजीगर्न थालेपछि शिक्षलाई छोडेर विप्लवका कार्यकर्ताहरु फरार भएका थिए ।
उहाँले शिक्षकलाई सकुसल नियन्त्रण मुक्त गराईएको र उक्त घटनामा संलग्न विप्लवको एक जना महिला कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उक्त महिलाको साथबाट दुई वटा सकेट बम र एक सुतली बम सहिन नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका विप्लवको कार्यकतालई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here