जीवन सैलीप्रदेशशिक्षासमाचार

कमलामाईका शिक्षकको कोरोना विमा

सिन्धुली, १२ भदौ २०७७

कमलामाई नगरपालिका अन्र्तगतका सामाुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको कोरोना वीमा हुने भएको छ । कमलामाई अन्र्तगत रहेका सरकारी अनुदान प्राप्त गर्ने सम्पुर्ण शिक्षकहरुको कोरोना विमा हुने भएको हो ।

कमलामाई नगरपालिकाले एभरेष्ट इन्स्योरेन्स कम्पनि लिमिटेड मार्फत कोरोनाको विमा गरिदिने भएको हो । सिं.नं. १ देखी ७३९ सम्मका शिक्षक कर्मचारीहरुको कोरोना विमा हुने शिक्षा शाखा अधिकृत हितकुमारी पौडेलले जानकारी दिनुभयो ।

हाल कमलामाई अन्र्तगतका विद्यालयहरुका शिक्षकहरु बाहिर विदेशबाट आउनेहरुसंग सम्पर्कमा नभएको र हाल सम्म उहाँहरुको परिवारमा समेत कोभिड–१९ को संक्रमण देखा नपरेको हुँदा शिक्षकहरुको वीमा गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनि लिमिटेडबाट शिक्षकहरुको कोरोना विमा हुने उहाँले बताउनुभयो ।

Comment here