आर्थिकप्रदेशसमाचार

कर्मचारी संगठनद्धारा आइसोलेसन बनाउन आर्थिक सहयोग

सिन्धुली, १२ भदौ २०७७
सिन्धुलीमा निर्माणाधिन ५० बेडको आइसोलेसन भवन निर्माणका लागि निजामती कर्मचारी संगठन सिन्धुलीले आज ५१ हजार १ सय ११ रुपैया सहयोग गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरूषोतम दाहालले ५१ हजार १ सय ११ रुपैयाको चेक आज भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक स्रेष्ठलाई हस्न्तारण गर्नुभएको हो ।

निजामती कर्मचारी संगठन सिन्धुली र संगठनद्वारा सन्चालित राष्ट्रसेवक साकोस को तर्फ बाट क्रमश ३१ हजार १ सय ११ रुपैया र २० हजार गरी कुल ५१हजार १ सय ११ रुपैया भवन निर्माणका लागि सहयोग गरिएको कर्मचारी संगठनका अध्यक्ष दाहालले बताऊनुभयो ।

अध्यक्ष दाहालले ट्रेड यूनियन प्रति नकारात्मक धारणा नबनाऊन आग्रह गर्दै कर्मचारी ट्रेड यूनियनले कर्मचारीका हकहितका विषयमा मात्र नभएर सामाजिक मुद्दा र विकास निर्माणमा पनि हातेमालो गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका जिल्ला अध्यक्ष दाहालले भवन निमार्णका सवालमा सामाजिक संजालमा केही व्यक्तिहरुले गरेका हल्ला र केही लेख्दैमा निमार्णमा केही फरक नपर्ने बताउनुभयो । अहिलेको विषम परिस्थितिमा निर्माण भई रहेको आईसोलेसन भवन निर्माणको लागी सवै पक्षले सहयोग गर्नु पर्ने उहाँको भनाई थियो ।

यदी रोगको संक्रमण फैलिएमा वा संक्रमित भएको अवस्थाम सवैले वस्नु पर्ने स्थानको निर्माण भएकाले यसमा अनावश्यक टिकाटिप्णी गर्नु आवश्यक नभएको उहाँको भनाई छ ।

Comment here