साहित्य

लघुकथा : मालिक

“यतिका बालबच्चा त हजुर हत्केलामा राखेर पाल्छु । बिहान गाउँ छिर्छु र तरकारी बटुलेर ल्याउँछु,बेलुका बेच्छु हजार बार्ह सय कमाउँछु । मालिकको नियम पो कडा हुँदै गो ।“यौटा मजदुरले मालिकरूपी सरकारलाइ कटाक्ष गर्दै भन्यो ।

म श्रीमतिको राहतको माष्टरीबाट मिलेको मजदुरीबाट घर हाँक्ने पुरूष उसको व्यवस्थापनबाट आश्चर्य चकित थिएँ । उ साग मात्र बेच्दैनथ्यो । कालीमाटीको तरकारी विहानै गोँगबु चोकमा बेच्थ्यो । थसीखेलको हरिया मकै बालाजुमा बेच्थ्यो । दुइ छेरी एक छेरा बोर्डिङ स्कूल पढाएकै थियो ।

“पहिला पो राजा र रैती मात्र थिए हजुर । अहिले त मालिकै मालिक छन् । साना मालिक,ठूला मालिक अनि महामालिक । यति सानो देशमा हेर्नु त उपद्रो ! “उ फिस्स व्यंग्य मिसिएको हाँसो फाल्दै साग मिलाउन थाल्यो ।

म कसैलाइ केही भन्न सक्ने अवस्थामा थिइन । निर्धारित समयभित्र केनमेल सक्नु थियो । कोरोना कहर बढिरहेको थियो । अनि भने“कत्रो उपद्रो,कचौरा जत्रो पृथ्वी, तिमी मालिक ! भन, साग कसरी दिन्छौ ?’’

उसले हाँस्दै भन्यो–“हजुरलाइ के ढाँट्नु,दश रूपैयाँमा ल्याएको ३५ले बेच्दैछु,हजुर पच्चीसै दिनुस् मालिक ।’’
म मालिक चैं साग किन्नु कि छोड्नु भएँ ।

Comment here