प्रदेशसमाचारसहकारी

हातेमालोद्धारा किसानको तर्फबाट देवकोटा र ढकाललाई स्वागत र बधाई ज्ञापन

सिन्धुली, १० भदौ २०७७
हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीले आज एक कार्यक्रमका विच दुई जनालाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । सम्मान सहितको स्वागत कार्यक्रम मार्फत सम्मान गरेको हो ।

सम्मानित हुनेमा भुमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य केशवप्रसाद देवकोटा र कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विषकसेन ढकाल रहनु भएको छ ।

हातेमालोका अध्यक्ष रामबहादुर विश्वकर्माले भुमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्यमा देवकोटा चयन हुनु भएकोमा सफल कार्यकालको शुभकामना दिदै सम्मान पत्रले सम्मान गर्नु भएको हो ।

यस्तै कमलामाईका प्रमुख प्रशासकिय अधिकृत ढकाललाई हालै यस नगरपालिकको प्रमुख प्रशासकिय अधिकृतका रुपमा आउनु भएकोमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान पत्रले स्वागत तथा बधाई दिनुभयो ।

सहकारीले जिल्लाका राजनैतिक व्यक्तित्व सार्वजनिक पदमा चयन हुँदा, कृषि तथा सहकारी संग सरोकार राख्ने व्यक्तिहरु जिल्लामा कार्य सम्पादन गर्न आउदा स्वागत र उहाँहरु सरुवा तथा बढुवा भएर जाँदा विदाइ दुवै गर्दै आएको र यो सहकारीको नियमित कार्यक्रम रहेको विश्वकर्माले बताउनुभयो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य केशव प्रसाद देवकोटाले यस आयोगले धेरै किसानका समस्याहरु समाधान गर्ने बताउनुभयो । बर्षौ देखी खनजोत गर्दै आएको जग्गाको लालपुर्जा नहँुदा अन्य आया–आजर्न गर्न समस्या रहेको भन्दै अव त्यस्ता समस्याहरु समाधान हुने बताउनुभयो ।

जग्गाधनी पुर्जा, ऐलानी जग्गा तथा अव्यवस्थित बसोबासका समस्या समाधान गर्न आयोग वनेको र यस आयोगले यि समस्या हल गर्ने बताउनुभयो । उहाँले कार्यक्रम मार्फत सिन्धुलीका पालिकाका प्रमुख निर्वाचित जनप्रतिनिधिहरुलाई र प्रमुख प्रशासकिय अधिकृतलाई भूमी सम्बन्धि रहेका समस्याहरुको अध्ययन, लेखाजोखागर्न अनुरोध गर्दै कसरी समाधान गर्न सकिन्छ भनी योजना बनाउन आग्रह गर्नुभयो । अव जिल्ला स्तरमा पनि आयोगका पदाधिकारी चुनिने भएको हुदाँ समयमा नै स्थानीय तहले समन्वय गरे चाडै भुमी सम्बन्धि रहेका समस्याको समाधान हुने बताउनुभयो ।

उहाँले हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडले धेरै किसानलाई उत्पादनमा लगाएको प्रशंसा गर्दै सहकारीको चिस्यान केन्द्र बनाउन आफुले आफु मातहतको मत्रालयसंग सम्मन्वय गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विषकसेन ढकालले आफुले प्रचलित नियम, कानून, विधि अनुसार कार्य सम्पादन गर्ने बताउनुभयो । आफु यस नगरपालिकामा केही दिन अघि आएकाले हाल कमलामाई नगरपालिकाका विभिन्न शाखाहरुसंग नगरका बारेमा जानकारी लिई रहेको बताउदै सहकारीलाई विधि र प्रक्रिया अनुसार गर्न सकिने सहयोग गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वागमति प्रदेश कमिटि सदस्य कौशल कोइरालाले हालेमालो साना किसान कृषि सहकारीले धेरै महिलाहरुलाई उद्यमी बनाउदै कृषि उत्पादनमा लगाएकोमा सहकारीलाई धन्यवाद दिनुभयो । राज्यले लिएको सुखि नेपाली समृद्ध नेपाल बनाउने प्रमुख आधार कृषि नै रहेको र यस सहकारीले समृद्ध किसान बनाउने संकल्प लिएको बताउदै अझ सफलताको शुभकामना दिनुभयो ।

Comment here