प्रदेशसमाचार

सिन्धुलीमा बालिकालाई बलात्कार गरेको आरोपमा दुई पक्राउ

सिन्धुली, ९ भदौ २०७७

सिन्धुलीको दुधौली नगरपालिकामा एक ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । भाद्र ७ गते आईतवार बलात्कार गरेको पीडित पक्षको भनाई रहेको छ ।

बलात्कार गरेको आरोप लागेका दाजुभाईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय डकाहाका प्रमुख सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घरमा कोहि नभएको मैका छोपि आईतवार दिउसोँ १ बजे बालिकालाई गोठमा लगेर बलात्कार गरेको बयान दिएको प्रहरीले जनाएको छ । उनिहरुलाई सोमवार पक्राउ गरी मंगलबार थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय लगिएको र बालिकाको स्वस्थ्य चेकजाँच गर्न जिल्ला अस्पताल सिन्धुली लगिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

Comment here