प्रदेशसमाचार

कमलामाईले बन्दाबन्दीलाई लचिलो बनायो

सिन्धुली, ९ भदौ २०७७

कमलामाई नगरपालिकाले जारी राखेको बन्दाबन्दीलाई लचिलो बनाएको छ । आज नगर प्रमुख खड्गबहादुर खत्रीको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार कोरोना भाईरसको जोखिम निराकरण गर्न कमलामाई नगरपालिका भित्र लगाईएको बन्दाबन्दि केही लचिलो भएको कमलामाई नगरपालिकाले जनाएको छ ।

भदौ १५ गते राती १२ बजे सम्म लागु हुने गरि निर्णय आजको बैठकले गरेको छ । जसअनुसार औषधि पसल भन्दा बाहेक र डेरीको हकमा विहान ६ बजे देखी विहान १० बजे सम्म र दिउँसो ४ बजे देखी वेलुका ७ बजे सम्म व्यवसाय सञ्चालन गर्न पाईने छ ।

यस भन्दा बाहेकका अन्य व्यवसायहरु विहान ६ बजे देखी विहान १० बजे सम्म मात्र सञ्चालन गर्न पाइने छ । बाँकी समय बन्द हुने र उक्त समयमा मोटरसाईकल लगाएतका अन्य हलुका सवारी साधनहरुको आवागमनलाई पुर्ण रुपमा निषेध गरिएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले बन्दाबन्दिलाई पूर्ण रुपमा पालना गर्न नगरबासिमा अनुरोध गर्नु भएको छ ।

Comment here