आर्थिकजीवन सैलीप्रदेशसमाचार

कार्यालयका कर्मचारीहरुबाट आइसोलेसन बनाउन आर्थिक सहयोग

सिन्धुली, ९  भदौ २०७७

सिन्धुलीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुलीका कर्मचारीहरूले यहाँ निर्माण हुदै गरेको आईसोलेसन भवन निर्माणमा गर्न आर्थिक सहयोग गरेका छन् ।

कर्मचारीहरुले स्वेच्छिक रुपमा कर्मचारीबाट नगद संकलन गरि भवन निर्माण गराउन २७ हजार १ सय ११ रूपैयाँ सहयोग गरेका हुन् । कार्यालय प्रमुख डा.ललिता पाण्डे, डा.सुनिल कावा, दिपकराज तिमल्सिना, रामसेवक यादव, दिपक काफ्ले, ऋषिराज बराल, विष्णु थामी, आइति थामीबाट उक्त रकम सहयोग गरि आइसोलेसन भवन निर्माण गर्न सहयोग गरेका हुन् ।

कमलामाई नगरपालिका ६ शिवनगर, सिन्धुलीमा बन्न लागेको ५० वेडको आईसोलेसन भवन निर्माणमा जिल्ला आयुर्वेद स्वास्थय केन्द्र सिन्धुलि हाल कोभिड १९ बाट पिडित भए पनि सवै कर्मचारीहरूको तर्फ वाट सहयोगि हात फैलाएर सहयोग गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका सुचना अधिकारी दिपकराज तिमल्सिनाले जानकारि दिनुभयो ।

‘दानवीर मन, वचन र कर्मले सेवा भावमा राष्ट्रप्रतिको दुखमा हाम्रो सहभागिता’ भन्ने नाराका साथ वा अभिप्रायले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुलीमा कार्यरत कर्मचारीहरुको तर्फबाट स्वेच्छिक रुपमा सामुहिक तवरले सहयोग गरेको सुचना अधिकारी तिमल्सिनाले जानकारि दिनुभयो । जिल्ला आयुर्वेद कार्यालयमा कार्यरत पाँच जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितहरुको उपचार भै रहेको छ । कोरोना संक्रमण पुष्टि भएपनि उहाँहरुमा कुनै लक्षण देखा नपरेको बताईएको छ ।

Comment here