प्रदेशबिचार

चुनावका बेला गरेका धेरै प्रतिबद्धता पुरा गरिसके : राउत

देशमा व्यवस्था परिवर्त पछि हिजोको सिंगो गाउँविकास समिति नै आज एउटा वडा बनेको छ । यस अवस्थामा के कस्ता विकास निर्माणका कार्य भए, चुनावका बेला गरेका प्रतिवद्धता अनुसार कति प्रतिबद्धताहरु पुरा गर्नुभयो ? वडामा के–कस्ता विकास निर्माणका कार्यहरु गरि रहनु भएको छ । सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष गोविन्द राउतसंग एनवि अधिकारीले कुराकानी गर्नु भएको छ । अव प्रस्तुत छ, वडा अध्यक्षसंग गरिएको कुराकानि ।

  • हिजो आज के–के गरि रहनु भएको छ ?

सर्वप्रथम यहाँलाई धन्यवाद लोकतान्त्रिक विधि÷प्रक्रियाबाट म साविक वेलघारी गाउँविकास समिति तथा हाल संघियता पछिको तीनपाटन गाउँपालिका वडा नं. १ को वडा अध्यक्ष हुँ । हिजो आज कोरोनाको महामारिका कारण यसको नियन्त्रण र संक्रमण फैलन नदिने खालका गतिविधि भै रहेका छन् । वडामा क्वारेन्टाई निर्माण, आइसोलेसन कक्ष निर्माण, कोरोनाबाट बच्ने उपाएका बारेमा वडामा जनचेतना जगाउने लगाएतका हिजोकै जस्तै नियमित कामहरु गर्दै आईरहेको छ । जनप्रतिनिधिको हैसियतले जनताका दुःख सुखमा सहभागि हुने, उहाँहरुका गुनासा सुन्ने, संबोधन गर्ने, उहाँहरुले माग गरेको विकास निर्माणका कार्यलाई माग अनुसार संबोधन गर्ने र आवश्यक पहल तथा निरन्तर जनताको काममा लागि पर्दै आएको छु । जनताका अप्ठयारहरुमा सदैव सारथी बन्ने काम गरि रहेको छु । र भोलिका दिनमा पनि जनतासंगै रहने छु । गाउँमा सडक, खानेपानी, विजुली, शिक्षा लगाएतका आवश्यक विकासका पूर्वाधारहरु निर्माण तथा विस्तारमा नै दिन वित्ने गर्दछ ।

  • वडा अध्यक्ष भएपछि गाउँमा कत्तिको विकास गरे जस्तो लाग्छ ?

विगतको तुलना भन्दा अहिले संघियता घोषणा भई सके पछि र स्थानीय सरकार बनेको छ । यो सवैलाई थाहा भएकै विषय हो । स्थानीय सरकार बनेपछि विकास निर्माणले पनि फड्को मारेको छ । तुलनात्मक रुपमा तत्कालिन गाउँविकास समिति तथा विगतको संरचना भन्दा अहिले वजेट धेरै आउने र विकासले पनि फड्को मारेको छ । विगतमा आउने थोरै बजेट भन्दा अहिले आउने विकास बजेटले गाउँमा विजुली, खानेपानी, सडक जस्ता विकासका पूर्वाधारहरु स्थानीय सरकार कै बजेटबाट निर्माण गरेका छौ । विगतमा सडकले नछोएका स्थानहरुमा सडक पु¥याएको छु । खानेपानी नभएको स्थानमा विभिन्न संघ संस्थाहरुसंग साझेदारी गरेर खानेपानी पु¥याएका छौ । आफु निर्वाचित हुँदाका बखत विजुली नपुगेका स्थानहरुमा विजुली बत्ति पु¥याएको छु । विगतको तुलनामा विद्यालयहरुलाई सुविधा सम्पन्न बनाएका छौ । स्कुलका भवनहरु २०४५ सालमा दिएका ट्रस हटाएर सुविधा सम्पन्न भवनहरु बनाई रहेका छौ र गुणस्तरीय शिक्षालाई जोड दिदै आएका छौ । विगतलाई फर्केर हेर्दा धेरै विकासका कार्यहरु गरेका छौ र यसबाट जनता पनि खुसि हुनुहुन्छ । साविक वेलघारी गाउँ विकास समितिको वडा नंं ४, ५, ६, ७, ८ मा विजुली बत्ति थिएन् । वडा नं १ को पनि अधिकांश स्थानमा बत्ति थिएन् । अहिले सवै स्थानमा बत्ति पु¥याएका छौ । साविक ५, ६, ७ मा पानीको मुहान नै नभएको वडाहरु हुन् । अहिले यि वडाहरुमा नेवासंग साझेदारी गरेर हरेक वडा वडामा खानेपानीको पहुँच पु¥याएका छौ । घर घरमा खानेपानीको धारा पु¥याएका छौ । जस्ले गर्दा बर्षौ देखीको खानेपानीको समस्या झेल्दै आउनुभएका स्थानीयहरुलाई ठुलो राहत मिलेको छ ।

अहिले निर्माण गरेका सडकले सास्ती मात्र दिएको भन्ने गुनासो आउने गरेको छ नी ?

ठ्याक्कै यहाले भने जस्तै सवै तिर हैन । तिनपाटन गाउँपालिका जाने सडकको स्तरउन्नती गर्ने कार्य भै रहदा त्यहाँ केही समस्याहरु सिर्जना भने पक्कै भएका हुन् । तर सडक विस्तार विकासका लागि अपरिहार्य रहेछ । साविकका सवै वडाहरुमा सडकहरु विस्तार भएका थिएन्न् । आफु वडा अध्यक्ष भए पश्चात सवै वडाहरुमा सडकको पुर्वाधार पु¥याएका छु । बर्षातमा आवात जावत गर्न त केही कठिनाईहरु छन् । तर हिउँदको समयमा भने सहज भएको छ । वडा भित्र रहेका सडकहरुको स्तर उन्न्ती गर्ने योजना बनाई रहेका छौ र विस्तारै ग्रामिण सडकहरुको स्तर उन्नती गरि बाह्रै महिना सहज तवरले सवारी सञ्चालन गर्न सक्ने गरि आवश्यक समन्वय र पहल समेत गर्दै आएको छु । वडामा ठुलठुला पुलहरु पनेका छन् । पुलहरुको निर्माणका लागि डिपिआर गरेका छौ । पुल निर्माणका लागि प्रदेश र संघबाट बजेट आउने काम भएको छ । विगतमा चार मिटरको रहेकोमा अहिले हामीले बढाएर सडकको चौडाई १० मिटर देखी १२ मिटर सम्म बनाएका छौ ।

  • नदीले कटान गरेका समस्याहरु पनि छन् भनिन्छ । त्यसलाई कसरी समाधान गर्दै हुनुहुन्छ ?

बास्तावमा चदाहाँ नदीले खेती योग्य जमिनालाई बगर बनाएको सत्य छ । धेरै किसानका खेतहरु बगमा परिणत भएका पनि हामीले देखेका छौ । तर हामी हेरर मात्र बसेका छैनौ । नदी नियन्त्रणलाई फरक ढंगबाट नदी नियन्त्रणका काम गरि रहेका छौ । सानो र थोरै बजेटले नदी नियन्त्रण असम्भाव भएका कारण अन्य निकायसंग सहकार्य गर्ने जस्ता गतिविधिहरु निरन्तर भै रहेका छन् । यस्तो पनि चलन रहेछ मैले वडा अध्यक्ष भएपछि थाहा पाए विगतमा नदी नियन्त्रण एकै स्थानमा पटक–पटक गरिदै आएका स्थानहरु धेरै रहेछन् । तर अहिले एक पटक नदी नियन्त्रण गरेका स्थानहरुमा नदीले कटान गर्न नसक्ने गरि नदी नियन्त्रण गरेका छौ । नदि नियन्त्रण गर्दै आएका छौ । उबजाउ भूमी जोगाउनका लागि वडा गाउँपालिकालई आग्रह गर्ने लगाएत जिल्लामा रहेका अन्य निकायहरुसंग पनि समन्वय गरि रहेका छौ र नदी नियन्त्रण गर्ने सवालमा केही बर्ष पछि यि समस्याहरु समाधान पक्कै हुनेछन् ।

  • तपाई वडा अध्यक्षको उमेदवार बन्दा गरेका प्रतिबद्धता कति पुरा गर्नुभयो, कती बाँकी छन् ?

आफु नेकपा एमाले बाट वडा अध्यक्षको लागि उम्मेदवार बनेको थिए । उम्मेदवार बन्दा मैले धेरै प्रतिबद्धताहरु पुरा गरेको थिए र धेरै प्रतिबद्धताहरु पुरा गरि सकेको छु । बाँकी रहेका केही प्रतिबद्धताहरु यसै आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढि रहेको छु । कोरोना भाइरसका कारण केही समय अन्यौल कायम हुँदा कार्य प्रगतिमा केही समस्या आयो । मैले विद्युत, विद्यालय, सिंचाई, खानेपानी, सडक, स्वास्थ्य चौकीको सेवा तथा क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाएको थिए । यस मध्ये धेरै कुराहरु पुरा भएका छन् । केही कुराहरु प्रतिबद्धता त गरियो तर कानुनी कठिनताका कारण त्यस्ता प्रतिबद्धताहरु पुरा गर्न सकेको छैन । बाँकी प्रतिबद्धताहरु पुरा गर्न आफु दिन रात नभनी जनताको चाहाना र विकासका लागि लागिपरि रहेको छु । छरछरेको खोरखोलामा बाल शिक्षा राख्ने भनेको थिए । सम्पन्न गर्न सकेको छैन् । र यहि आर्थिक बर्षमा पुरा गर्ने लक्ष्यका साथ अघि बढि रहेको छु । साविक ४ नंं वडामा नदीले कटान गरेको वडा हो । त्यहाँ सामुदायिक क्लिनिक राख्ने प्रतिवद्धता जनाएको थिए । त्यहाँ सके यसै आर्थिक बर्षमा नभएपनि अर्को आर्थिक बर्षमा क्लिनिक राख्नको लागि आवश्यक व्यवहारीक तथा कानुनी कार्यको प्रक्रिया अघि बढि रहेको छ । छरछरेमा भ्यु टावर राख्ने र वडा तथा पालिकामा आन्तरीक तथा बाह्य पर्यटक बढी भन्दा बढी भित्र्याउने लक्ष्य रहेको थियो । भ्यु टावर निर्माणले समग्र वडा तथा पालिकाको पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्न समेत सघाउने अपेक्षा थियो । उक्त टावर बनाउन ठुलो बजेटको आवश्यकता देखिएको र बजेडको अभाव हुँदा प्रदेश सरकार संग समन्वय गरि रहेका छौ । टावर वनाउन सहयोग गर्ने प्रतिबद्धता रहेको र म आशाबादी छु त्यहाँ भ्यु टावर निर्माण हुनेछ ।

  • वडा अध्यक्ष भए पस्चात स्वास्थ्य क्षेत्रमा जनताले के–के सुधार भएको अनुभूती गर्न पाए जस्तो लाग्छ ?

बास्तावमा स्वस्थ्य नै मानिसको धन हो भन्ने गरिन्छ । हामीले ग्रामणि क्षेत्रमा हुनु पर्ने जनताको स्वास्थ्य उपचारमा आवश्यक कामहरु गरि नै रहेका छौ । यसका साथै भोलिका दिनहरुमा पनि वडाबासिहरुले सामान्य प्रकृत्तिको विरामी पर्दा पनि उपचार गर्न अन्यत्र जानु नपर्ने गरि स्वास्थ्य क्षेत्रमा सुधार गर्ने गरि कामहरु अगाडी बढाई रहेका छौ ।
विगतमा स्वास्थ्य संस्था सम्म आउन हाँकीसंग एम्बुलेन्स थिएन् । डोको, डोली, स्टेचरको भरमा स्वास्थ्य संस्थामा आउनु पर्ने अवस्थाको अहिले अन्त्य गरेका छौ । हामीसंग विगतमा एम्बुलेन्स थिएन । अहिले हामीसंग एम्बुलेन्स छ । आपत विपत पर्दा अन्य गाडीको भर पर्नु पर्ने नत्र स्टेचरमा बोकेर स्वास्थ्य संस्थासंग लैजानु पर्ने बाध्यता रहेको थियो । अहिले एम्बुलेन्स भएपछि धेरै सहज भएको छ । एम्बुलेन्सबाट साविक वेलघारी, भिमस्थान, बालाजोर, जरायोटार, हाल तिनपाटन गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ प्रत्यक्ष लाभ दिएका छौ । हालको प्राथामिक स्ववस्थ केन्द्रलाई १५ वेडको बनाउन युएसआईडिसंग सम्झौता गरेका छौ र तिव्र रुपमा काम भै रहेको छ । अव आउने आर्थिक बर्षमा यो सम्पन्न हुनेछ । यो सम्पन्न पश्चात सम्पुर्ण स्वास्थ्य सामाग्रि सहितको स्तर उन्नती हुने हो । सुविधा सम्पन्न अस्पताल बनाउन लागि परेको छु । स्वास्थ्य नै मनिसको धन हो । विगतमा जस्तो सामान्य विरामी पर्दा बोकिएर अन्यन्त्र जानु पर्ने अवस्था त अहिले छैन । आफु निर्वाचित हुनु भन्दा पहिला त्यहाँ स्वास्थ्य विमा थिएन् । अहिले त्यहीबाट स्वास्थ्य विामाको सेवा दिएका छौ । विगतमा हाम्रो ल्याव थिएन । अहिले ल्यवको सेवा दिएका छौ । साथै विगतमा एक्स्रे थिएन अहिले एक्स्रेको सुविधा दिएका छौ । हिजो इसिजि थिएन अहिले इसिजि सेवा दिएका छौ । प्रसुति सम्बन्धि राम्रो सुविधा दिएका छौ । विगतमा भन्दा यहाँका जनताले स्वास्थ्य क्षेत्रमा समेत अपेक्षा भन्दा बढी सेवा लिई रहनु भएको छ । स्वास्थ्य संस्थालाई थप व्यवस्थित बनाउन आफु लागि परि रहेको छु ।

  • कृषि क्षेत्रको परिवर्तनका लागि के–के गर्नुभयो ?

भनिन्छ नेपाल कृषि प्रधान देश हो । तर यहाँको कृषि उपजको उत्पादनले खानलाई धौ–धौ पर्ने गर्दछ । वडाले कृषिमा आत्मानिर्भर बन्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आई रहेको छ । कृषकलाई अनुदानमा उन्नत जातका विउहरु वितरण गरेका छौ । सिचाईका साना ठुला कुलाहरु बनाई रहेका छौ । तिनपाटन १ को तल्लो भागमा नहर बनेको छ । जस्ले तल्लो भागमा रहेका सवै किसानको जग्गालाई सिंचाई पुग्ने छ । किसानहरु यसबाट पनि लाभान्वित हुनु भएको छ । वडाका युवाहरुलाई कृषि क्षेत्रमा स्वरोजगार बनाउन विभिन्न संघ संस्थाहरुसंग समन्वय गरेर तालिम दिएका छौ । तरकारी, पशुपालन तालिम लगाएत अन्य तालिमहरु दिएका छौ । विगतमा त्यहाँका किसानले दुध विक्रि गर्ने चलन कमै थियो । अहिले हामिले जिल्लाको सवैधन्दा बढी दुध निकासी गर्ने उपनाम पाएका छौ । यस्ले किसानलाई आय आर्जनमा ठुलो टेवा पुगेको छ । कृषिलाई व्यवसायिकमुखी बनाउने संकल्प गरि रहेका छौ । आगामी आर्थिक बर्ष सम्ममा कृषिलाई व्यवसायिमुखी बनाउने । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणको लागि वडाले समन्वय गर्ने र किसानलाई उत्पादनमा जोड्ने कार्यक्रमहरु सञ्चालन गर्दैछौ । साथै हामीले यसै आर्थिक बर्षमा ७ टन उन्नत जातको धानको विउ किसानको मागको आधारमा वितरण गरेका छौ । उन्नत जातका आँप, लिचि, अम्बा, अनारका विरुवा ७० प्रतिशत अनुदानमा उपलब्ध गराएका छौ । फलफुलका विरुवा वितरण गर्दै एक घर एक फलफुलका विररुवा लगाउने अभियान सुरु गरेका छौ । यहाँ सम्भावना रहेका फलफुल खेती बाट किसानलाई आय आर्जन संग जोड्नको लागि निरन्तर किसानहरुसंग समन्वय र परामर्श गरि रहेको छु । युवालाई घरमा नै बसेर स्वरोजगार बनाउने पहल जारी छन् । बाँझो जमिनमा तरकारी, फलफुल र रित्तिएका गोठहरुमा पशुपालन तथा बाख्रा पालन गर्ने किसानलाई उचित ज्ञान, सिप प्रदान गर्न पहल गर्नेछु । ।

  • काम गर्दै जाँदा केही असन्तुष्टिहरु पनि सिर्जना होलान् । जनताका असन्तुष्टि कसरि संबोधन गर्नुहुन्छ ?

वास्तावमा तपाईले भनेको काुरा विकास निर्माणका काम गर्दा बढि जनताहरु असन्तुष्टि हुने गरेको मैले पाएको छु । सडक को विस्तार होस वा अन्य पुर्वाधार । आफ्नो जमिनबाट नजाओस र अरुकै जमिनबाट ल्याएर मैले उपभोग गर्न पाउनु पर्छ भन्ने धेरैको मानसिकताका कारण यस्ता असन्तुष्टि हुने गरेका छन् । यस्ता कामहरुमा मैले एकल निर्णय भन्दा पनि समुदायमा छलफल गराएर समुदायले गरेको निर्णलाई केही साथ दिदै आएको छु । जनताका मागहरु असिमित रहेका छन् । बजेट सिमिति हुन्छ । नियम अनुसार बजेट खर्च गर्नु पर्ने बाध्यता रहेको छ । जनताले सवै प्रकारको विकासहरु घर आगनमा नै हुनु पर्नेगरी माग गर्नुहुन्छ । जनताको जनप्रतिनिधि प्रति ठुलो आशा रहेको छ । धेरै आशाहरु पुर गरि रहेको छु । जनताले एम्बुलेन्स, सडकका विकास र विस्तार, विद्युत विस्तार, खानेपानीको विस्तार, झोलुङ्गे पुल निर्माण हुने जस्ता कार्यबाट जनताले आफुलाई हौसल्ला प्रदान गर्नु भएको छ । जनताको राय सल्लाह सुझाव मनन् गर्दै जनताले चाहेको विकास निर्माण गर्न आवश्यक सहजीकरण समेत मैले गर्दै आई रहेको छु ।

  • अव वडामा के–के गर्ने योजना बनाउनु भएको छ ?

कृषिलाई व्यवसायिकरण गर्ने, शिक्षालाई शिक्षक–अभिावक–विद्यार्थी विच छलफल गर्दै शिक्षालाई गुणस्तर बृद्धि गर्न पहल गर्ने र सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्न अभिभावकको चासो बृद्धि गर्ने, जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठन पाठन गराउनु पर्ने कार्यलाई निरन्तरता दिइ रहेका छौ । साथै ७० बर्ष पार गरेका जेष्ठ नागरिकहरुको स्वास्थय जाँच गर्न हरेक महिनामा एक दिन टोल टोलमा चेकजाँच गर्ने योजना रहेको छ । वडाको समग्र पक्षको विकासका लागि जनप्रतिनिधिको हैसियतले जनताले दिएको राय सल्लह सुझाव अनुसार अघि बढि रहेको छु । विकासले एकै पटक पुरै फड्को मार्ने हैन । विस्तारै तिनपाटन गाउँपालिका १ का विभिन्न स्थानहरुमा विकासका कार्यहरु थालनि भएका छन् । जनताका चाहाना धेरै हुँदा असन्तुष्टि पैदा हुने गर्दछन् । यस्ता कार्यले विकास निर्माणमा कार्यमा सहयोग नगर्ने हुँदा भएको विकास प्रति संतुष्टि हुन् र भोलिका दिनमा आवश्यक पर्ने विकास लगाएतका कुराहरुमा सवै एक भएर लाग्न आग्रह गर्दछु । एक जनाको मात्र लक्ष्य तथा योजनाले समग्र वडाको विकास हुन सक्दैन । त्यसर्थ सवै वडाबासिलाई विगतमा विकास निर्माणका सवालमा दिनु भएको साथ र सहयोगको आगामि दिनमा पनि अपेक्षा गर्दछु । जनताको सेवामा निरन्तर लागि परेको छु । सवैका सवै चाहाना त पुरा हुन सकेका छैनन् । तर पनि धेरै चाहाना र अपेक्षाहरु पक्कै पुरा भएका छन् भन्ने मेरो बुझाई रहेको छ । साथै भोलिका दिनमा पनि जनतासंगै रहेर विकास निर्माण र परिवर्तनका सारथिहरुसंग संगै रहनेछु । वडाको विकासका लागि कृषि र पर्यटनलाई व्यवस्थित बनाउन र कृषि कर्ममा लाग्दै कृषिलाई व्यवसायिमुखी बनाउन आग्रह गर्दछु । यसले हामिलाई रोजगारी पैदा गर्ने र आर्थिक विकासमा समेत सहयोग पु¥याउनेछ ।
लंगुर खोलामा, झुँगा खोलामा पुल परेको छ । यसलाई निर्माणको लागि अवश्यक पहल गर्ने । यस्ले हामीलाई एक ठुलो राजमार्गले जोड्ने छ । छरछरे माध्यमिक विद्यालयलाई कक्षा १२ सम्म सञ्चालन गर्ने पहल जारी राखेको छु । जहाँ अहिले कक्षा १० सम्म मात्र पढाई हुदै आएको छ । यहाँ विद्यार्थीको चाप धेरै रहेको छ । हामीले निजि स्रोतबाट शिक्षक राखेर पठन पाठन गराउदै आएका छौ । वडाका अन्य प्राथमिक विद्यालयहरुलाई सुविधा सम्पन्न बनाउनु पर्नेछ । विद्यालयका भौतिक संरचनाहरुको पनि स्तरउन्नती गर्नु पर्ने छ । समयले फड्को मार्दै जाँदा सुविधा सम्पन्न भौतिक संरचना भएका विद्यालयहरु बनाउनु पर्ने आवश्यकता रहेको छ । यि लगाएत जनताले आवश्यकता महसुस गरेका विकास निर्माणका कुराहरु पुरा गर्न आफु सदैव तयार रहेको छु । स्रोत साधनले भ्याए सम्म समग्र वडाको विकासका लागि आफु खटि रहेको छ ।

  • अन्त्यमा केही भन्नुछ ?

सवै भन्दा पहिला त वडाबासिहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । वडाको विकासमा उहाँले मलाई गर्नुभएको सकरात्मक सहयोगले नै वडामा समग्र पक्षको विकास गर्न सहयोग पुगेको हो । जनताको साथ र साहोगले विकास निर्माणमा फड्को मार्न सकिन्छ भन्ने एउटा वडा बनेको छ । तिनपाटन गाउँपालिका वडा नंं १ ले आफु निर्वाचित भए पश्चात आफ्ना केही पहल र जनताको साथले गर्दा महत्वपूर्ण विकास निर्माण र वडामा परिवर्तन भै रहेका छन् । वडाले गरेका महत्वपूर्ण विकास निर्माण लगाएतका अन्य गतिविधि तपाईको सञ्चारमाध्यमबाट जनतामाझ पु¥याउने अवसर दिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

 

Comment here