प्रदेशसमाचार

तीन क्रेट मर्चा प्रहरीद्धारा नष्ट

सिन्धुली, ८ भदौ २०७७

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज तीन क्रेट मर्चा नष्ट गरेको छ । गाडीमा लुकाई छिपाई ल्याएको मर्चा प्रहरीले बरामद गरि नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्याल्य सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार कमलामाई नगरपालिका ९ चुरे बस्ने बर्ष ६७ को लाल बाहादुर मोक्तानले बा.४.च.६२११ न.को मारुति भ्यान गाडिमा लुकाई–छिपाई ल्याएको मर्चा नष्ट गरिएको हो । अन्दाजी तीन क्रेट घरेलु मदिरा बनाउनको लागि प्रयोग गरीने मर्चा (कच्चा पदार्थ) चुरे स्थित आफ्नै घरबाट चियाबारी तर्फ ल्याउने क्रममा माझिटार चेकपोईन्टमा खटिएको प्रहरी टोलिले चेकजांच गर्ने क्रममा नियन्त्रणमा लिई यस नष्ट गरिएको जिल्ला प्रहरी कार्याल्य सिन्धुलीले जनाएको छ ।

Comment here