आर्थिकप्रदेशसमाचार

प्रहरीलाई एक सय रुपैंया फाल्दा, एक हजार रुपैंया जरीवाना

सिन्धुली, ८ भदौ २०७७

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा आज प्रहरीलाई एक सय रुपैंया फ्याकेर हिडेको गाडीलाई प्रहरीले माझिटारमा नियन्त्रणमा लियो ।

राजमार्गमा सर्लाहीबाट काभ्रे पनौती तर्फ जादै गरेको बा २१ च ३९९८ नं.को बोलेरोले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न एक सय रुपैंया फाले पछि उक्त बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तीन वटा दुध दिने भैसी बोकेको गाडीले इलाका प्रहरी कार्यालय भिमानको चेक पोष्टमा खटिएका प्रहरी जवान दिपक भण्डारीलाई नगद एक सय रुपैंया फोले पछि उहाँले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउनु भयो जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उरीक्षक श्यामबमदुर खत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘माझीटारमा यस कार्यालयबाट खटिएको टोलीले उक्त गाडीलाई नियन्त्रणमा लिई चालक र भैसी साहुलाई सम्झाई बुझाई गरी अब आईन्दा प्रहरीलाई कुनै किसिमको आर्थिक प्रलोभनमा नपार्ने र नदेखाउने सर्तमा उक्त रकम फिर्ता गरी ट्राफिक जरिवाना गरी गन्तव्य स्थान तर्फ प्रहरीले पठाएको छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्णबहादुर क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभन पार्न खोजेपछि नियम अनुसार एक हजार रुपैंया जरिवाना गराएर पठाएको जानकारी दिनुभयो ।

Comment here