प्रदेशसमाचार

सुनकोसीमा माछा मार्ने क्रममा एक वेपत्ता

सिन्धुली, ८ भदौ २०७७

सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट एक वालकलाई माछा मार्ने क्रममा सुनकोसी नदीले बेपत्ता बनाएको छ । माछा मार्ने क्रममा एक वालकलाई वेपत्ता बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नावय उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार गोलन्जोर गाउँपालिका २ कुखुरेटार बनिवासि १२ बर्षिय माधब माझीलाई सुनकोसीले वगाई वेपत्ता बनाएको हो ।

सुनकोसी नदिमा माछा मार्ने क्रममा नदिले बगाई बेपत्ता भएको भन्ने प्राप्त हुना साथ तत्काल प्रहरी टोली, निजको आफन्त, स्थानिय र प्रहरी मिलि खोजतलास कार्य भईरहेको, हाल सम्म फेला नपरेको जिल्ला प्रहरी कार्याल्य सिन्धुलीले जनाएको छ ।

Comment here