जीवन सैलीप्रदेशसमाचार

बस्नेत होटल शिल गरियो

सिन्धुली, ६ भदौ २०७७

कमलामाई नगरपालिका ६ रातमाटामा रहेको बस्नेत होटल आज शिल गरिएको छ । होटलमा बसेका एक पुरुषमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि होटल शिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेका अनुसार पिसिआर परिक्षणको लागि स्वाब पठाएर सर्लाही बाट सिन्धुलीमाढी आई होटलमा बसेका गोलञ्जोर गाउँपालिकाका वडा न १ का एक पुरुषमा कोरोना पोजेटिभ देखिएपछि होटल शिल गरिएको हो ।
उक्त व्यक्ति बस्नेत होटलमा करिब एक सातादेखि बस्दै आएको पाईएपछि कोभिड–१९ को संक्रमण थप फैलन नदिन होटल शिल गरिएको जानकारी दिनुभयो । संक्रमित हुने पुरुष निजामति कर्मचारी हुन् ।

Comment here