जीवन सैलीप्रदेशसमाचार

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र शिल गरियो

सिन्धुली, ६ भदौ २०७७

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र शिल गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि कार्यालय १४ दिनका लागि शिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज एक सूचना जारी गर्दै कोरोना भाईरस ९कोभिड–१९० को संक्रमण फैलन नदिन कार्यालय शिल गरिएको जानकारी गराएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाले जारी गर्नु भएको सूचनामा उक्त केन्द्रमा कार्यरत कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएकाले थप संक्रमाण् फैलन नदिन १४ दिनका लागि कार्यालय बन्द गरिएको उल्लेख गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी सिटौलाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बन्द अवधिमा पनि सेवा लिनु पर्ने भएमा कार्यालय प्रमुख डा।ललिता पाण्डेसंग सम्पर्क गर्न अनुरोध गर्नु भएको छ । उक्त कार्यालयमा हिजो पाँच जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो ।

Comment here