जीवन सैलीप्रदेशबागमतिसमाचार

कोरोनाको संक्रमणबाट १४६ जनाको मृत्यु

सिन्धुली, ६ भदौ २०७७

नेपालमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । पछिल्लो चौविस घण्टामा नौ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वितेको चौबीस घण्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुर गरी छ जिल्लाका नौ जना संक्रमितको मृत्युको पुष्टि भएको छ ।

यता नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३१ ह्जार ११७ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा वितेको चौवीस घण्टामा १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएको बताउनुभयो । सङ्क्रमितमध्ये १८२ जना महिला र ४५२ जना पुरुष रहेको मन्त्रलायले जनाएको छ । पछिल्लो चौबीस घण्टामा १३६ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।

Comment here