प्रदेशबिचारराजनीति

विचौलियाहरुले मेयर र उपमेयरवीच फाटो ल्याएर समस्या सिर्जना गराउन खोजे : कर्ण घिसिङ,

अध्ययनको शिलशिलामा भिमानमा रहेका बेला तत्कालिन पञ्चायती शासकले ऋषिराज देवकोटा आजादलाई पक्राउपछि हत्या गरेको कर्ण घिसिङले थाहा पाउनुभयो । त्यसबेला रमेश देवकोटा विद्यार्थी नेता हुनुहुन्थ्यो । उनकैको नजिक रहेर बसेका घिसिङमा बिद्रोहको चेनता भरिइसकेको थियो । त्यसपलगत्तै उहाँले अनेरास्ववियुको सदस्यता लिनुभयो । तर उहाँको बुबा लालवहादुर घिसिङ पञ्चायती व्यवस्थाका संरक्षक मात्र हैन तत्कालिन राजसंस्थालाई टिकाउने हतियारका रुपको शाही नेपाली सेनाका जागिरे भएकाले पनि उहाँले त्यसलाई गोप्यनैं राख्नुभयो । तर लुकाएको कुरा धेरै दिन टिक्नै सकेन । आजाद हत्याको विरोधमा भिमानमा भएको कार्यक्रममा संलग्न भएको कुरा बाबुले थाहा पाउनु भएपछि भने उहाँलाई भिमानबाट सिन्धुली सदरमुकाम सारियो । सिन्धुलीआएपछि उहाँको विद्यार्थी राजनीति चटक्कै छुट्यो ।
पञ्चायती व्यवस्थाका प्रवद्र्धकहरु घरमा ग्वार्रग्र्वार्ती आएको उहाँलाई कहिल्यै मन परेन । उहाँले आफ्नो सम्पर्कलाई विद्यालय र घर भन्दा बाहिर लैजानै सक्नु भएन । तर उहाँमा बिकसित हुँदै गएको विद्रोहको चेत मसाल बनेर सल्किरहेको थियो । २०४६ सालपछि बाबु राप्रपाको जिल्ला अध्यक्ष हुनुभयो । उहाँलाई बाबुको राजसंस्था जोगाउने राजनीतिले घृणा जगाइरहेको थियो । त्यसबेला उहाँको सिन्धुलीमा केशव देवकोटा र रामकुमार कार्कीकै सल्लाहमा उहाँ पहिलो पटक तत्कालिन नेकपा एमालेको युवा संगठनका जिल्ला सदस्य बन्नुभयो । २०५२ साल फागुनबाट थालिएको माओवादी जनयुद्ध उत्कर्षमा पुगेर र हतियार क्यान्टोनमेण्टमा थन्क्याइएको थियो । तर माओवादीले वाइसियल बनाएर अधै सैनिक गतिविधी जारी राखेपछि नेकपा एमालेले महेश बस्नेतको नेतृत्वमा प्रत्याक्रमणका लागि युथ फोर्स गठन ग¥यो । सिन्धुली एमालेले पनि घिसिङलाई युथफोर्सको जिल्ला संयोजकनैं बनायो । जहाँ जहाँ एमालेका नेता कार्यकर्तामाथि माओवादीले आक्रमण गर्छन् ती ठाउँमा उनी दलबलसहित पुग्थे । त्यसैले पनि उहाँलाई जिल्लाभर चिनायो । त्यही चिनाईले गर्दा उनी एमालेको जिल्ला अधिवेशनबाट अत्याधिक मतले जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभयो । अहिले उहाँ कमलामाई नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हुनुहुन्छ । दुई पार्टीको एकतापछि भने जिल्लाकमिटी एवम् सचिवालय सदस्य रहनु भएको छ । कमलामाई नगरपालिकाका प्रवक्तासमेत रहेका घिसिङसँग सहकर्मीले गरेको लामो कुराकानीको सम्पादित अंश ।

  • तपाई युवा संगठनको नेतृत्व गरेको मान्छे अहिले जनप्रतिनिधी भएर सरकारको भूमिका निर्वाह गर्नुपर्दा कस्तो महशुस गरिरहनु भएको छ ?

तत्कालिन नेकपा एमालेमा रहँदा म जिल्ला कमिटीको सदस्य भएपनि सिन्धुली जिल्लामा सशक्त युवाहरुको संगठन प्ररायुसंघ र युथफोर्सको नेतृत्व गरेर आएको हो । त्यस बेला जिल्ला पार्टी नेतृत्व र कार्यकर्ताहरुको जीवन रक्षा गर्न र उनीहरुमाथि विरोधी शक्तिले आक्रमण ग¥यो वा गर्न खोज्दैछ भने त्सलाई रोक्ने काम गरेकै हो । युवा संगठनको नेतृत्व गरेकै कारण जिल्लाभरका नेता कार्यकर्ताले बहुमतले जिल्ला कमिटी सदस्यमा जिताउनु भएको थियो । अहिले जनप्रतिनिधी अर्थात स्थानीय सरकारका रुपमा जनताका विकासका कामहरु गर्न पाउँदा खुशी लागेको छ । एउटा पार्टीको जिम्मेवार नेता कार्यकर्ता हुनु र स्थानीय सरकारको नेतृत्व गर्नुमा धेरै भिन्नता हुँदोरहेछ । स्थानीय जनताका दुःख, पिर मर्कामा साथ दिन पाउँदा, उहाँहरुले खोजी गर्दा अत्यन्तै खुशी लागेर आउनेरहेछ ।

  • तपाई त आफ्नो वडामा मात्रै सिमित हुनुपर्ने मान्छे होइन, सिंगो नगरपालिकानैं मेरो कार्यक्षेत्र हो भनेजसरी हिडिँरहनु भएको छ नि ?

म नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य हो । म पार्टी कामको शिलशिलामा, पार्टी नेता, कार्यकर्ता र समर्थक, शुभेच्छुक जो कोहीले जहाँ सुकै बोलाए पनि जानसक्छु । मलाई तपाईले अहिले ७ नम्वर वडा अध्यक्षको जिम्मेवारी निर्वाह गरिदिनु प¥यो भनेर पठाएको हो । मैंले पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्नुपर्छ । दोस्रो कुरा म कमलामाई नगरपालिकाको प्रवक्ता पनि हो । नगरपालिका भित्र भए गरेका सम्पूर्ण गतिविधी थाहा पाउने, जानकारी राख्नुपर्ने र सम्वन्धित पक्षलाई राम्रो नराम्रो पक्षको वारेमा जानकारी गराउने काम भएकाले पनि म नगरपालिकाका समै वडा, पार्टी कमिटी, मतदाता र आम नागरिकसँग प्रत्यक्ष सम्वाद गर्ने, गुनासाहरु सुन्ने काम गर्नुपर्छ । मैंले आफ्नो कर्तव्य पुरा गर्नेकुरालाई कसैले गलत ढंगले व्याख्या विश्लेषण गर्ने प्रयत्न गर्छ भने त्यसमा कम्युनिष्ट पार्टीको नेतृत्वमा हुनुपर्ने राजनैतिक संस्कार, आचरण र व्यवहार रहेनछ भन्नेकुरा मात्रै बुझ्ने हो ।

  • तपाई नगरपालिकाको प्रवक्ता पनि हुनुहुन्छ र स्पष्ट बोल्ने युवा नेता पनि मानिनुहुन्छ । अब बताईदिनुस् कि नगरप्रमुख र उपप्रमुख बीचको सम्बन्ध किन सौहार्दपूर्ण बन्न सकेन ?

यो प्रश्न मिडियाले मात्रै होइन, पार्टी नेतृत्व र कार्यकर्ता समेतले सोध्ने गरेका छन् । मैंले उहाँहरु सबैलाई भन्ने गरेको छु, नगरप्रमुख र उपप्रमुखका बीचमा नराम्रो सम्बन्ध हुनुपर्ने कुनै पनि कारण नैं छैन । उपमेयर भित्र बैठकमा अत्यन्त राम्रो कुरा गर्नु हुन्छ, तर कहिलेकाँही बाहिर आउँदा अर्कौ कुरा सुनिन्छ । मलाई त लाग्छ, केही विचौलियाहरुले विचौलियाहरुले मेयर र उपमेयरवीच फाटो ल्याएर समस्या सिर्जना गराउन खोजेका हुन् । मेयर र उपमेयरको, सिंगो कार्यपालिका सदस्यहरु मिलेको देख्न नसकेर नैं होला, बेला बेलामा समस्या सिर्जना गराउन खोज्छन् । केही समय अगाडि सम्बन्धित शाखाको कमजोरीको फाइदा उठाउँदै कमलामाई नगरपालिका र मेयर उपमेयरकै बद्नाम गराउने प्रयत्न गरे । तर त्यो सफल हुने कुरै थिएन । अहिले उनीहरु कुनै अर्को षडयन्त्रमा लागेका हुनसक्छन् । तर अब ती सबै षडयन्त्रहरु असफल हुनेछन् ।

  • तपाईको पार्टी केन्द्रमा देखिएको अन्तरसंघर्ष लाई कसरी नियाली रहनुभएको छ । यसले त जिल्ला तहमा पनि समस्या सिर्जना गरेको देखियो नि ?

हेर्नुस् न अहिले त कोरोना संक्रमणका कारणले सिंगो विश्वनैं संक्रमणमा छ । हामी संकटमा नहुने भन्ने त प्रश्नै रहेन । जहाँसम्म मेरो पार्टी नेपाल कम्युनिष्ट पार्टीमा बाहिर जुन खालका कुराहरु सुनिएका छन् । ती सबैकुरालाई नजिकबाट नियाल्ने र बुझ्न् हो भने पार्टीभित्र देखिएको अहिलेको बिवाद राजनैतिक र बैचारिक भन्दा पनि पद र प्रतिष्ठा प्राप्तीको कलहनैं हो । म त स्वर्गीय मदन भण्डारीले ल्याउनुभएको जनताको वहुदलीय जनवाद मन पाएर नेकपामा लागेको मान्छे । अहिले पार्टीमा विचारको वहस पनि भएको छैन । दुई पार्टी नेकपा एमाले माओवादी केन्द्र बीचको एकतापछि तत्कालका लागि पार्टीको राजनैतिक लाइन जनताको जनवाद हुने र त्यसलाई महाधिवेशनले टुङ्ग्याउने भनेको हो । महाधिवेशनमा जनताको जनवाद र बहुदलीय जनवादकै विषयमा छलफल हुनेछ । तर अहिले त हाम्रा लिडरहरुले त्यस विषयमा छलफलनैं गरेका छैनन् । खाली सत्ता र शक्तिकै लागि अहिले गरिएका गतिविधिले आम नेता कार्यकर्तामा निराशा बढाएको छ र नेतृत्व अलोकप्रिय बन्दैजाँदा त्यसले सिंगो नेपाली कम्युनिष्ट आन्दोलनलाईनैं घाटा पु¥याईरहेको मैंले देखिरहेको छु । माथि नेताहरुका बीचमा देखिएको समस्याले जिल्ला तहमा पनि समस्या पैदा नगरेको होइन । तपाई हामी सबैले देखेकै छौं, यहाँ भिन्ना भिन्नै जुलुस निस्कन्छन्, एकले अर्कालाई खुईल्याउँछन् । ती सबै कामले नेता त आलोचित भएकै छन्, जनस्तरमा पार्टीलाई पनि कमजोर बनाउने काम गरेको छ, र त्यसको जिम्मेवारी स्वयमं जिल्ला नेतृत्वलेनैं लिनुपर्छ ।

नेकपामा किन के कारणले यस्तो समस्या आएको जस्तो लागिरहेको छ त ?

मैंले बुझेको कम्युनिष्ट पार्टीका केन्द्रदेखी जिल्ला तहका नेताहरुले लेनिनवादी संगठन पद्धतिलाई व्यवहारमा लागु नगर्दा यस्तो समस्या आएको हो । विचार कम्युनिष्टको बोक्ने अनि आचारण र व्यवहार नवसामन्तको गर्ने, अनि कसरी चल्छ कम्युनिष्ट पार्टी ? आफुले जे गरेनि ठिक हुने, त्यसैलाई पार्टी निर्णय ठान्ने, नेता कार्यकर्तामाथि जर्वजस्ती लाद्नखोज्ने र अरुको अस्तित्व स्वीकार्नै नसक्ने हाम्रा नेताको प्रवृत्तिले नेकपामा बिग्रह आएको हो । यी सबै समस्याको सामाधान हुन्छ र त्यसको थलो भनेको महाधिवेशन नैं हो । अर्को कुनै अचुक उपायनैं छैन ।

  • तपाई निर्वाचित भएको तीन वर्ष पुरा भएको छ । यो लामा अवधिमा कुनै त्यस्ता कुरा के के छन्, जसले तपाई केही क्षण दुःख र सुखका अनुभूति दिन्छन् ?

म निर्वाचित भएको यो अबधीमा मलाई झस्काउने वा नराम्रो लाग्ने केही कुरा पनि छैनन् । जनताको घर घरमा गइनैं रहेको छु, उहाँहरुले मलाई नराम्रो भन्नु भएको पनि छैन । विकास निर्माणका कामम गलत भयो भनेर प्रश्न उठाउनु भएको पनि छैन । त्यसैगरी निर्वाचनका बेला मलाई मतदाताले हामीलाई अरु केही चाँहिंदैन, विजुली वत्ती बाल्दिनु पर्छ भन्नुभएको थियो । ती अन्धकार बस्तीहरुमा अहिले झिलिमिली बत्ति ललिरहेको छ । म त्यस अर्थमा अत्यन्त खुशी छु । किनकी जनताले निर्वाचनका बेला आफुसँग माग गरेको कुरा पुरा भएको छ । गाउँमा जाने मोटरबाटो पनि बनेको । मैंले नगरपालिकाका पार्टी कमिटी र सदस्य साथीहरुलाई विकास निर्माणका क्रममा कँही कसैले पैसा माग्यो, समस्या सिर्जना गर्न खोज्यो भने फोन गर्नुस् भनेको छु । त्यसैले पनि यो तीन वर्षको अवधीमा मैंले त्यस्तो गलत कामहरु भएको थाहा पाएको पनि छैन । समग्रमा म आम जनता, समर्थक र पार्टी र्काकर्ताहरुमा निराशा पैदा हुने कामहरु भएकै छनैनन् । म अत्यन्त प्रभावित र खुशी पनि छु ।

  • कोरोना सङ्क्रमणकै बीच नगरपरिषद सम्पन्न गर्नुभयो । अब त्यसलाई कार्यान्वयनको तहमा लैजान त सजिलो देखिएन नि ?

अहिले कमलामाई नगरपालिका वा नेपाल मात्रै होइन, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि सबै जना एकैसाथ लागिरहेका छौं । कोरोनाले धनी गरिव केही पनि भनेको छैन, गाउँ र शहरमा पनि विभाजन गरेको छैन, सबैतिर फैलिंदै गइरहेको छ । यस्तो अबस्थामा हामी त्यसबाट आत्तिने भन्दा पनि त्यसलाई समुदायस्तरमा, आफ्नो घर परिवारमा फैलनबाट रोक्नका निम्ती सचेत रहनुपर्छ । यो कमजोर भाइरस हो भन्दै लकडाउनको उलंघन गरेर बिनाकाम लखरलखर हिंडुनु ठिक होइन, तर हाम्रौ दैनिक जीवनमैं असर पुग्नेगरी हाम्रा गतिविधीलाई रोक्नु हुँदैन । हामीले पनि सचेततता पूर्वक नगरपरिषद सम्पन्न गरेका छौं । कृषि, शिक्षा, स्वास्थ्य र विकासलाई प्राथमिकिकरण गरेर हामीले योजनाहरु छनोट गरेका छौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको घोषणापत्रमा टेकेर बनेका योजनाहरुले हामी कम्युनिष्टहरु हौं, र हाम्रो गन्तव्य समाजवाद हो भन्ने कुराको झल्को दिइरहेको छ । तसर्थ हामी सिन्धुलीमा ह्वात्तै बढेको कोरोना संक्रमणसँग एकैसाथ जुध्दै जनताका विकासका कामलाई निर्वाध रुपमा अगाडि बढाउनेछौं ।

Comment here