प्रदेशराजनीतिसमाचार

श्रेष्ठको निधन प्रति नगर कमिटिद्धारा दुःख व्यक्त

सिन्धुली, ६ भदौ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर संगठन कमिटि सिन्धुलीका अध्यक्ष चुडामणी श्रेष्ठको निधन प्रति नगर कमिटिले दुःख व्यक्त गरेको छ । श्रेष्ठको १३ औं पूण्यतिथिका दिन एक शोक विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधन प्रति दुःख व्यक्त गरेको हो ।

सरल स्वभावका धनी, अत्यन्तै मिलनसार, कर्तव्यनिष्ठ, सामाजिक व्यक्तित्व, पार्टीको होनाहार वफादार सक्रिय नेता श्रेष्ठको निधनले सिंगो पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको नगरकमिटिद्धारा जारी गरिएको शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कमलामाई नगर कमिटि इन्चार्ज महेन्द्रदेव श्रेष्ठ, कमलामाई नगर कमिटि सह–इन्चार्ज यमकुमार देवकोटा, कमलामाई नगर कमिटि सचिव शेरबहादुर कार्कीद्धारा जारी गरिएको शोक विज्ञप्तिमा कमलामाई नगरपालिका स्थापना पश्चात भएको प्रथम स्थानिय निर्वाचनमा तत्कालिन वडा नं. २ बाट निर्वाचित वडा अध्यक्ष, विभिन्न संघ संस्थामा नेतृत्वदायि भूमीका निर्वाह गर्नु भएका नेतृत्व जनजनका (समाजको) प्रिय पात्र, होनाहार सामाजिककर्मी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर संगठन कमिटि सिन्धुलीका अध्यक्ष कमरेड दिवंगत चुडामणी श्रेष्ठको उपचारको क्रममा धुलिखेल अस्पताल धुलिखेलमा मिति २०७७।०४।२७ गते हुन गएको अकल्पनिय, हृदय विदारक दुःखद निधनले सिंगो पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

उहाँले पार्टी काम र समाज विकास जागरणमा पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर संगठन कमिटि सिन्धुली दिवंगत कमरेड चुडामणी श्रेष्ठको १३ औं पूण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै साथै यस दुःखद घडिमा सम्पुर्ण परिवारजन, शुभचिन्तक, आफन्तहरुमा पर्न गएको गहिरो पीडाप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

Comment here