प्रदेशराजनीतिसमाचार

चुडामणी श्रेष्ठको निधन प्रति नेकपा सिन्धुलीद्धारा गहिरो दुःख व्यक्त

सिन्धुली, ६ भदौ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले कमलामाई नगर संगठन कमिटी सिन्धुलीका अध्यक्ष चुडामणी श्रेष्ठाको निधन प्रति गहिरो दुःख व्यक्त गरेको छ । श्रेष्ठको १३ औं पूण्यतिथिका दिन शोक विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधनले सिंगो पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको छ ।

जिल्ला अध्यक्ष लेखनाथ दाहाल र सचिव प्रदिप कटुवालद्धारा जारी गरिएको शोक विज्ञप्तिमा पार्टीको इमान्दार, बफादार, जुझारु, अहोरात्र पार्टीको काममा खट्ने, सक्रिय नेता, कमलामाई नगरपालिका स्थापना पश्चात भएको प्रथम स्थानिय निर्वाचनमा तत्कालिन वडा नं. २ बाट निर्वाचित वडा अध्यक्ष, विभिन्न संघ संस्थामा अवद्ध नेतृत्व मिलनसार, जन मनका प्रिय पात्र तथा उर्जाशिल सामाजिक व्यक्तित्व कमरेड चुडामणीको अकल्पनिय, हृदय विदारक दुःखद निधनले सिंगो पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएकोछ ।

उहाँले पार्टी काम र समाज विकासमा पु¥याउनु भएको योगदानलाई पार्टी कमिटी सिन्धुलीले सदैव स्मरण गरि रहने नेकपा सिन्धुलीले जनाएको छ । पार्टीको कामलाई आफ्नो पहिलो दायित्व र कर्तव्य सम्झने उहाँको पार्टी प्रतिको योगदानको उच्च सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटी सिन्धुली (परिवार) दिवंगत कमरेड चुडामणी श्रेष्ठ प्रति १३ औं पूण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्दै यस दुःखद घडिमा सम्पुर्ण परिवारजन, शुभचिन्तक, आफन्तहरुमा पर्न गएको गहिरो पीडाप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । श्रेष्ठको उपचारको क्रममा धुलिखेल अस्पताल धुलिखेलमा साउन २७ गते निधन भएको थियो ।

Comment here