जीवन सैलीप्रदेशसमाचार

सिन्धुलीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली, ५ भदौ २०७७

सिन्धुलीमा आज नौ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वाव संक्रलन गरि परिक्षण गर्न पठाएकोमा नौ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र शाहका अनुसार जिल्लामा ससंक्रमितको संख्या २६ रहेको छ । प्रादेशिक प्रयोगशाला हेटौडामा मा गरिएको परिक्षणमा आठ जना मध्ये पाँच जना जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा कार्यरत, क्वारेन्टिनमा बसेका दुई जना र बर्द बहादुर गणमा कार्यरत एक जना नेपाली सेनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताउनुभयो ।

धुलिखेल अस्पतालमा परिक्षण गर्दा सुनकोसी गाँउपालिकाका ६२ बर्षिय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको शाहले जानकारी दिनुभयो । आजका नयाँ बिरामी मध्ये पाँच जनाले जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा नै र अर्का एक जनाले होमक्वारेन्टाईनमा नै बसेर उपचार गर्ने बताएका छन् । बाँकी तीन जनालाई भने एपोलो अस्पतालको आईसोलेसनमा भर्ना गरी उपचार गरिने छ ।

स्वास्थ्य कार्यालयका प्रमुख शाहका अनुसार सिन्धुलीमा अझै १७७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । उहाँले जिल्लामा जोखिम उच्च रही रहेकाले लकडाउनको पुर्ण पालना गरी बस्न, जनस्वास्थ्यका मापदन्डहरु पूर्ण रुपमा पालना गर्नुहुन सवैमा अनुरोध गर्नु भएको छ ।

Comment here