बिचार

नागरिक पनि जिम्मेवार बनौ (सम्पादकीय)

झण्डै पाँच महिना देखि दैनिक सुन्दै आएको कोरोना भाईरसको नाम यति वेला सामान्य जस्तै बनेको छ । तर कोरोनाको महामारि भने विस्तारै भुसको आगो झै बढ्दै गएको छ । कोरोनाको हाल सम्म उपचार तथा औषधि भने पत्ता लागि सकेको छैन । यसको औषधि बनाउने प्रयत्न भने भै रहेका छन् । यसबाट सामान्य नागरिक संगै स्वास्थयकर्मी तथा सुरक्षाकर्मी पनि संक्रमित हुनु भएको छ ।

जनताको सुरक्षार्थ खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि संक्रमित हुदै जाने हो भने जनताको सुरक्षा र उपचारमा सहजीकरण कस्ले गर्दछ ? त्यसैले सरकारसंगै नागरिक पनि जिम्मेवार बन्न आवश्यक रहेको छ । कोरोना कुनै पनि उमेर समुहका व्यक्तिलई नलाग्ने भन्ने छैन् । म बलियो छु । हाल सम्म मलाई कुनै पनि दीर्घ रोग लागेको छैन । मेरो रोग प्रतिरोधात्मक क्षमता बलियो छ । जस्ता अहमताका कारण आज कोरोना संक्रमितको संख्या धेरै बढेको छ ।

अनावश्यक रुपमा घर बाहिर हिड्डल गर्ने, आफ्नो समुदाय वा जिने–जानेका व्यक्तिसंग कुरा गर्दा भौतिक दुरी कायम गर्नु पर्दैन र मास्क पनि लगाउनु पर्दैन भन्ने बुझाईले कोरोना झन समुदायमा फैलदो अवस्थामा रहेको छ । अझ घाटीमा मास्क झुण्ड्एर हिड्ने हरुको जमात छ । प्रहरीलाई देख्यो मास्तिर तान्यो नदेख्यो त घाटिमा झा¥र्यो । यस्ता हाम्रा बानिले गर्दा कोरोना समुदाय स्तरमा समेत फैलदो अवस्थामा रहेको छ ।

विश्वका शक्तिशालि देह हौ भन्ने देशहरुमा उपचारको लागि अस्पतालमा वेड नपुगेका खबरहरु आई रहेका छन् । एक पटक सोचौ के म र मेरो परिवारमा सवैमा कोरोनाको संक्रमण भयो भने उपचार गर्न स्रोत साधनले पुग्ला ? त्यसैले कोरोनाको संक्रमण फैलन नदिन सरकारले गरेका आग्रहको पालना गरौ । घरमा नै बसौ, अत्यावसेक कामका लागि हिड्नै परे भौतिक दुरी कायम गरौ, मास्क अनिवर्या लगाऔं, सावुन पानीले २० सेकेन्ड सम्म हात धुऔं, स्यानिटाइजर लगाऔं । आजको संयमित व्यवहार र सावधानीले भोलिको उज्यालो दिन देख्न पाइने छ । कोरोनको संक्रमण फैलन नदिन घरमा नै बसेर सरकारलाई सहयोग गरौ । संक्रमण हुन बाट आफु पनि बचौ र अरुलाई पनि बचाऔं ।

Comment here