प्रदेशबागमतिसमाचार

सिन्धुलीमा कार्यरत घुस लिने दुई प्रहरी निलम्बन

सिन्धुली, ३२ साउन २०७७
सिन्धुलीमा घुस लिने दुई जना प्रहरी निलम्बनमा परेका छन् । बा ६ ख ५५६३ नम्बरको सवारी साधनसंग रकम लिएको भन्ने उजुरीको आधारमा निलम्बन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनीहरुलाई निलम्बन गरेको हो । निलम्बन पर्नेमा ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हबल्दार कमल बहादुर खड्का र प्रहरी चौकी ढुंग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान बिर बहादुर प्रसाद यादव रहेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा निजहरु उपर थप छानबिन गर्न समिती गठन गरेको छ । यस अघि पनि बागमति प्रदेश प्रहरी कार्यालय सिन्धुलीका ५ जना प्रहरीलाई निलम्बन गरेको थियो ।

Comment here