जीवन सैलीप्रदेशसमाचार

सिन्धुलीमा १३ जनामा कोरोन संक्रमण पुष्टि

सिन्धुली, ३० साउन २०७७

सिन्धुलीमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८० जनाको स्वाव परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अझै सिन्धुलीको अव १०७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । आज संक्रमण पुष्टि हुनेमा दुई जना नेपाली सेना, भारत दुवै लगाएतका देशबाट सिन्धुली आएका ७ जना जसमा कमलामाई नगरपालिकाका ४ जना, तीनपाटन गाउँपालिकाका ३ जना रहेका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा कमलामाई नगरपालिका ७ का १७ बर्षिय पुरुष पनि रहेका छन् ।

यस्तै सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगि ३५ बर्षिय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अरु बाँकी दुई जना महोत्तरीका रहेको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो ।

संक्रमित मध्ये दुई जना सेनालाई वर्दिवासमा रहेको नेपाली सेनाको आईसोलेसनमा भर्ना गरिएको छ । अस्पतालमा कार्यालय सहयोगिलाई अस्पतालको आइसोलेसनमा भनाई गरिएको छ । क्वारेन्टाइनमा रहेका ७ जनालाई क्वारेन्टाइनमा नै राखिएको छ । छ भने कनपा ७ का संक्रमितलाई घरमा नै रहेको आइसोलेसनमा राखिएको छ ।

Comment here