जीवन सैलीप्रदेशसमाचार

सिन्धुलीमा कोरोना संक्रमितलाई गाउमा ल्याएपछि स्थानीय त्रसित

सिन्धुली, ३० साउन २०७७
सिन्धुलीको तीनपाटन गाउँपालिका ९ का एक पुरुषमा हिजो कोरोना संक्रमण पुष्टि भयो । तर उहाँलाई कोरोना भएको हैन भन्दै झुक्याएर आज घरमा ल्याईएको हो ।

गाउँपालिका अध्यक्ष कार्ण थापामगरले रिठ्ठे निवासि ७५ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएकोमा अस्पतालले उपचार गर्न नमानेको भन्दै झुक्याएर गाउँमा ल्याएको जानकारी प्राप्त भएको बताउनुभयो ।

केही दिन अघि काठमाण्डौमा उपचारको लागि गएकोमा टेकु अस्पतालबाट पिसिआर जाँच गर्दा उहाँमा हिजो कोरोना संक्रमण पुष्टि भयो तर आज विहानै उहाँलाई घरमा ल्याइएको रहेछ उहाँले भन्नुभयो । यस बारे आवश्यक जानकारी लिन स्वास्थ्यकर्मी र प्रहरीको टोली पठाईएको उहाँको भनाई रहेको छ ।

यता गाउँमा कोरोना संक्रमित ल्याइएको भन्दै स्थानीय त्रसित भएका छन् । स्थानीयले गाउँमा कोरोनाको संक्रमण फैलने भन्दै सम्बन्धित निकायलाई उक्त संक्रमितको सुरक्षित तवरले उपचार गर्न आग्रह गरेका छन् । एक व्यक्तिका कारणे गाउँनै त्रसित भएको र कोरोनाको संक्रमण नियन्त्रण भन्दा बाहिर रहेर फैलने भन्दै वेलैमा यस समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

 

Comment here