प्रदेशबागमतिसमाचार

सिन्धुलीमा घुस नखाने एक प्रहरी हवल्दार पुरस्कृत

सिन्धुली, २८ साउन २०७७

बागमती प्रदेश प्रहरी कार्यालयले सिन्धुलीमा कार्यरत एक जना प्रहरी हबल्दालाई पुरस्कृत गरेको छ ।  पुरस्कृत हुनेमा अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार ओम नारायण महतो रहेका छन ।

आर्थिक प्रलोभनमा नपरी आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गरेको भन्दै उहाँलाई पुरस्कृत गरेको हो । डियुटीमा बसेका प्रहरीलाई बिलबुक भित्र ३०० रुपैया राखी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि घुस वापतको रकम र बलेरो गाडी चालक समेतलाई नियन्त्रणमा लिई कार्बाहीको लागि बुझाएका प्रहरी हबल्दारलाई पुरस्कृत गीएको हो । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने बोलेरो चालकलाई नियमानुसार जरिवाना गरीएको छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले कार्यभार सम्हाले पछि उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई तत्कालै अभिलेखमा जनिने गरी पुरस्कार प्रदान गर्न शुरुवात गरीएकाले त्यसको सकारात्मक प्रभावका कारण मातहत प्रहरी कर्मचारीहरु वीच इमान्दारीता पुर्वक कार्य सम्पादन गर्न प्रतिस्पर्धाको वातावरण सृजना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय र मातहत कार्यालय समेतले गरी हाल सम्म २५ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरीएको छ आर्थिक प्रलोभनमा परी आप्नो जिम्मेवारी पुरा नगर्ने एक जना प्रहरी निरीक्षक सहित ११ जान प्रहरी कर्मचारीलाई निलम्बनमा परेका छन् ।

Comment here