प्रदेशबागमतिसमाचार

घुस लिने सिन्धुलीका ५ प्रहरी निलम्बन

सिन्धुली, २८ साउन २०७७

जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्र्तगतका कार्यालयमा कार्यरत ५ जना प्रहरीलाई निलम्बन गरिएको छ । आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगरेको भन्दै उनीहरुलाई निलम्बन गरिएको हो ।

उनीहरुले सवारी चालकसंग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा लगिएको थियो । उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरीएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हबल्दार राजकुमार श्रेष्ठ, प्रहरी हबल्दार डोर बहादुर कार्की, प्रहरी जवान कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापालाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

सुचना समन्वय अधिकृत रोशन थापाका अनुसार बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई साउन २१ गते नियन्त्रणमा लिएको थियो ।

Comment here