प्रदेशबागमतिसमाचार

कमलामाईमा एक साताका लागि लकडाउन

सिन्धुली, २६ साउन २०७७

सिन्धुलीको कमलामाई नगरपालिकाले एक साताका लागि लकडाउन गर्ने घोषणा गरेको छ । आज मेयर खड्गबहादुर खत्रीको संयोजकत्वमा बसेको बैठकले भोली राती १२ बजे देखी लकडाउन गर्ने निर्णय गरेको हो ।

खत्रीको संयोजकत्वमा बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकले एक साता सम्म लकडाउन गर्ने निर्णय गरेको हो । अव एक हप्ताका लागि नगरपालिका क्षेत्र भित्रका सबै सरकारी गैह्रसरकारी क्षेत्रहरु, भिडभाड हुने बजारहरु, यातायात लगाएतका सबै सेवाहरु बन्द हुने भएको छ ।
कोरोना भाईरसको संक्रमण बढ्दै गएको भन्दै कमलामाईले एक साताका लागि लकडाउन घोषणा गरेको हो ।

Comment here