प्रदेशसमाचार

झुँगामा एक घरमा आगलागि

सिन्धुली, २६ साउन २०७७

सिन्धुलीको तीनपाटन गाउँपालिका १ को झुँगामा आज एक घर आगलागि हुँदा जलेर नष्ट भएको छ । स्थानिय सिता राउतको घर आगलागि हुँदा जलेर नष्ट भएको हो ।

अग्नी पीडितका अनुसार आगलागि हुँदा घरमा भएको अन्नपात, तत्ताकपडा, झण्डै एक लाख रुपैंया नगद जलेर नष्ट भएको वडा अध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । के कारणले आगलागि भएको हो सो खुल्न नसकेको उहाँको भनाई रहेको छ । आगलागिका कारण काठको घर जलेर नष्ट हुँदा ४ लाख ५० हजार भन्दा बढीको क्षती भएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी, स्थानीय, जनप्रतिनिधि लगाएतको सहभागिताले धरै समय पछि आगो नियन्त्रणमा आएको र नजिकै जोडिएका घरहरुलाई आगलागि हुनबाट जोगाउन सफल भएको उहाँले जानकारी दिनुभयो ।

Comment here