जीवन सैलीप्रदेशसमाचार

अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द

सिन्धुली, २५ साउन २०७७

सिन्धुली अस्पतालले भोली देखी आगामी तीन दिन सम्म आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । अस्पतालको आन्तरिक व्यवस्थापन तथा कोरोना भाइरसको संक्रमण  न्यूनिकारणका लागि अस्पतालले आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्ने भएको हो ।

अस्ताल विकास तथा सञ्चालन समितिका अध्यक्ष प्रलादकुमार पोख्रेलले अस्पतालका वार्डमा औषधि स्प्रे गर्नु पर्ने र उक्त स्प्रे पछि २४ घण्टा सम्म बन्द गर्नु पर्ने भएकाले आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्न लागिएको जानकारी दिनुभयो ।

सिन्धुलीमा कोरोना समुदाय स्तरमा नै पुगेको होकी भन्ने बुझाई रहेको भन्दै उहाँले कोरोना भाइरको संक्रमण हुनबाट बच्न सुरक्षाका न्युनतम मापदण्डहरु पुरा गर्न जिल्लाबासिमा आग्रह गर्नुभयो ।

यसैविच आज कोरोना संक्रमित मध्ये नेपाली सेनामा कार्यरत चार जनाको भने सिन्धुली अस्पतालमा उपचार नहुने भएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेलका अनुसार अस्पताललाई कोरोनाको लक्ष्यण देखा परेका विरामीको उपचार गर्ने अनुमति नहुँनु र उपकरणको समेत व्यवस्था नभएकाले उहाँहरुको यहाँ उपचा नहुने उहाँको भनाई रहेको छ ।

संक्रमितहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएको र यहाँ जनशक्तिको अभावमा भेन्टिलेटर सञ्चालनमा नरहेकाले उपचार सम्भव नभएको उहाँको भनाई रहेको छ ।

Comment here