जीवन सैलीप्रदेशसमाचार

सिन्धुलीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली, २५ साउन २०७७

सिन्धुलीमा आज नेपाली सेनामा कार्यरत ४ र दुई जना सर्वसाधारण गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ जनाको स्वा संकलन गरि परिक्षण गर्न प्रादेशिक अस्पताल हेटौडामा पठाईएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जनस्वासथय कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार कमलामाई नगरपालिका १४ मा रहेको नेपाली सेनाको पर्यावरण गणमा रहेका ४ जना रहेका छन् । संक्रमित हुनेमा ३७ देखी ३८ बर्ष उमेर समुहका रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै तीनपाटन गाउँपालिका ४ का २२ बर्षिय पुरुष र सिन्धुली कै अर्का ४८ बर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । तिनपाटन गाउँपालिकाका २२ बसर्षय पुरुष विदेशबाट आएको र हाल क्वारेन्टाइनमा बस्दै आएको उहाँले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचन गरिने र परिक्षण गरिने उहाँको भनाई रहेको छ ।

Comment here